वाग्मती प्रदेश सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८÷७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए ।
उनले सरकारले सञ्चालन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधुनिक र सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधार विकास तथा उपकरण खरिदका लागि आवश्यक बजेटको व्यवस्था गरिएको उल्लेख गर्दै प्रतिष्ठान मातहतका हेटौंडा ...