रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजित

काठमाडौं- सरकारले रेल मेट्रो रेल आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत उक्त कुरा बताएका हुन् । पूर्वपश्चिम रेलमार्गको बर्दिबास-निजगढ खण्डको निर्माण कार्यलाई तीव्रता दिइने अर्थमन्त्री शर्माले बताए । वीरगन्ज-काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने उनको भनाइ […]

सम्बन्धित सामग्री

बालेन्द्रलाई मेट्रो रेलको नेतृत्व लिन चिरीबाबुको अनुरोध

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रो रेल निर्विकल्प भएको बताउँदै काठमाडौं महानगरलाई यसको नेतृत्व लिन अनुरोध गरेका छन्।...

काठमाण्डौ उपत्यकामा मेट्रो रेल चलाउनुपर्छ - चिरीबाबु महर्जन

काठमाण्डौ – ललितपुर महागरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाण्डौ उपत्यकामा मेट्रो रेल चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।आज बिहीवार काठमाण्डौ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले उपत्यकामा मेट्रो रेल चलाउनका निम्ति काठमाण्डौ महानगरपालिकासँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो । त्यसैगरी उहाँले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै त्यो लेनलाई काठमाण्डौ महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘क...

काठमाडौँमा ‘मेट्रो रेल’ चलाउन असम्भव

‘काठमाडौँमा मेट्रो रेल चलाइन्छ’ भन्ने नेताहरुको भाषण बिना अध्ययन मुखबाट प्वाक्क निस्किएको शब्द हो भन्न अब चाहिँ हिचकिचाउनुपर्ने अवस्था रहेन । किनकी, सरकारले नै ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रो रेल’ चलाउन नसकिने निष्कर्ष निकालेको छ ।विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्दा गरिएको अध्ययनले २०१२ मा भएको ‘सम्भाव्यता अध्ययन’अनुसार सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक (महाराजगञ्ज) खण्डका एलिभेटेड मेट्रो चलाउन नसकिने निष्कर्ष निकालेको हो ।एलिभेटेड रेल सडकमाथि आकाशे पुल जस्तो संरचना बनाएर चलाईने सवारी साधन हो । यसैगरी यही प्रविधि र यस्तै संरचना बनाएर काठमाडौँमा मेट्रो रेल चलाउन अध्ययन भएपनि नसकिने निष्कर्ष निकालिएको हो । रेल विभागले कोरियन कम्पनीले ९ वर्षअघि तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार काम गर्न पर्याप्त जमिन नभएको बताएको छ । उक्त रेल चलाउने भनिएको खण्डमा पर्ने लाजिम्पाट लगायतका क्षेत्रमा भएको २ लेनको सडकको बीचमा पिल्लर राख्दा सडक झन साँघुरो हुने र जाम बढ्ने भएकाले यो सम्भव नभएको विभागको निष्कर्ष छ ।'सम्पदा मासिने गरी रेलमार्ग बनाउने कुरा आएन'सडक साँघुरो हुने मात्रै नभई काठमाडौँ मन्दिर र सम्पदा उल्लेख्य भएको क्षेत्र हो । यहाँका सम्पदा मासिने भएकाले पनि उक्त रुटमा मेट्रो सञ्चालन असम्भव देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोत बताउँछ । अहिले भएका सडकमै बीचमा पिल्लर हालेर रेलमार्ग बनाउन नसकिने, थप जग्गा लिँदा सम्पदा मासिने र जग्गाको मुआब्जा पनि निकै महँगो हुने भएकाले असम्भव देखिएको मन्त्रालय स्रोत बताउँछ । मच्छिन्द्रनाथ लगायतका जात्रामा अग्ला रथहरु बनाएर तान्ने प्रचलन रहेको र मेट्रो मार्ग बनाएपछि त्यो सम्भव नहुने भएकाले पनि मेट्रो चलाउने योजना तत्काल सम्भव नदेखिएको बताइन्छ । के भन्छिन् मन्त्री ?भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव जति नै प्रयास गर्दापनि काठमाडौँमा मेट्रो रेल चलाउन सम्भव नदेखिएको बताउँछिन् । केही दिन अघि मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै यादवले जग्गा प्राप्ती र संरचना भत्काएर मेट्रो चलाउन सम्भव नदेखिएको बताएकी हुन् ।‘काठमाडौंमा मेट्रो रेल चलाउने भन्ने कुरा लामो समयदेखि उठेको कुरा हो, तर मन्त्रालयले तत्कालका लागि असम्भव भनेको छ’ उनले भनिन्, ‘मेट्रोको सोच भएपनि त्यसका लागि जग्गा प्राप्ति र संरचना भत्काउन सक्ने अवस्था देखिएन ।’

दिल्लीमा आजदेखि पूर्ण क्षमतामा मेट्रो रेल र सार्वजनिक बस चल्ने

काठमाण्डौ - भारतको दिल्लीमा आजदेखि पूर्ण क्षमतामा मेट्रो रेल र सार्वजनिक बस चल्ने भएका छन् ।  सिट क्षमताअनुसार आजदेखि मेट्रो रेल र सार्वजनिक बस चल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि क्षमताभन्दा ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन हुँदै आएको थियो ।  यस्तै, दिल्लीमा आजदेखि सपिङ मल पनि खुल्दै छ । बिहान १० बजेदेखि राति ८ बजेसम्म मल खोल्न अनुमति दिइएको छ ।  यस्तै, थिएटर र सिनेमाघर ५० प्रतिशत क्षमतामा खुलाउन पाइनेछ ।  कोरोना भाइरसको सङ्क्रमण केही नियन्त्रणमा आएकाले यी क्षेत्रमा लागेको प्र...

हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा

वाग्मती प्रदेश सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८÷७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए । उनले सरकारले सञ्चालन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधुनिक र सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधार विकास तथा उपकरण खरिदका लागि आवश्यक बजेटको व्यवस्था गरिएको उल्लेख गर्दै प्रतिष्ठान मातहतका हेटौंडा ...

दिल्लीमा महामारीका कारण अवरूद्ध मेट्रो रेल सेवा सोमबारदेखि सञ्चालन

भारतको राजधानी नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध शहरी रेल सेवालाई सोमबारदेखि पुनः सञ्चालन गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा पुनः सञ्चालनमा ल्याइएको हो । कोरोना संक्रमण बढेपछि लगाइएको लकडाउन बिस्तारै खोल्ने क्रममा गत १० मे मा रोक लगाइएको मेट्रो सेवा फेरि शुरु गरिएको हो । यद्यपि, अहिले भने ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउन अनुमति दिइएको छ । जोर बिजोर बार पारेर पसलहरु पनि खोल्न दिइएको तर सुरक्षाका उपायहरु भने पालना ग

काठमाडौंमा मेट्रो रेल र सहरी केबलकार

काठमाडौं। नेपाल सरकारले काठमाडौंमा मेट्रो रेल र सहरी केबलकारको अवधारणा अघि बढाउने भएको छ। रेल यातायातको वृद्धिअन्तर्गत मेट्रो रेलको अवधारणा अघि बढ्ने अर्थमन्त्री विष्णु पौडेलले आज बजेट वक्तव्यमार्फत् बताएका हुन्। यस्तै उनले सहरी केबलकारको सम्भावनाको पनि अध्ययन थालिने उल्लेख गरेका छन्।

दिल्लीमा लकडाउनमा कडाई, मेट्रो रेल पनि बन्द

एजेन्सी। भोलीदेखि एक साताका लागि थपिएको लकडाउनमा दिल्लीको मेट्रो रेल पनि बन्द हुने भएको छ। १० मेदेखि सकिने लकडाउन थप गर्दै मूख्यमन्त्री अरविन्द केजरीवालले १७ मेसम्म कडा लकडाउनको घोषणा गरेका हुन्। अहिलेसम्म लागू भएको लकडाउनका मेट्रो चलिरहेको थियो। यद्यपी मेट्रोबाहेक सार्वजनिक यातायात भने चल्ने बताइएको छ।

काठमाडौंमा मेट्रो रेल निर्माणमा सहकार्य गर्न रसिया इच्छुक

काठमाडौं : काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणका लागि सहकार्य गर्न रसियाले इच्छा देखाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ र नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभबीच भएको शिष्टाचार भेटमा रसियाले मेट्रो रेल निर्माणमा चासो देखाएको हो। छलफलमा नेपालको रेलवे विस्तारमा रसिया लगानी र निर्माणको काम गर्न इच्छुक रहेको…