राष्ट्रियस्तरको लघुवित्त बन्यो मिर्मिरे

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको लघुवित्त संस्था बनेको छ । नेपाल राष्ट्र बैंकले

सम्बन्धित सामग्री

एनआइसी एसिया लघुवित्तको शाखा प्रमुख सम्मेलन

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले तीनदिने राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न गरेको छ । देशभरिका दुई सय ८७ शाखाका प्रमुखहरू, प्रदेश प्रमुखहरूलगायत संस्थाको कर्पोरेट कार्यालयका विभागीय प्रमुखहरू, संस्थाका प्रमुख कार्यकारी...

खप्तड लघुवित्त र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ । बुधबार एक समारोहबीच दुई कम्पनीले मर्जरका लागि अन्तिम सम्झौता गरेका हुन् । सम्झौतापत्रमा खप्तड लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुमनप्रसाद श्रेष्ठ र धौलागिरी लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समिति अध्यक्ष ईश्वरलाल राजभण्डारीले हस्ताक्षर गरे । खप्तड लघुवित्तको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश हो भने धौलागिरी लघुवित्त राष्ट्रियस्तरको कम्पनी हो । राष्ट्रियस्तरमा कार्यक्षेत्र रहेको धौलागिरी लघुवित्तले बागलुङ नगरपालिका-२ श्रीनगर टोल, बागलुङको रजिष्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ । यी दुई कम्पनीहरूबीच मर्जरसम्बन्धी समझदारीपत्रमा गत मङ्सिर १८ गते हस्ताक्षर भएको थियो । दुवै कम्पनीले नेपाल राष्ट्र बैंकबाट पुस १७ गते मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका थिए । दुवै कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी धितोपत्र दोस्रो बजारमा शेयर सूचीकरण गराइसकेका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता शेयर वितरण गरेको हो । त्यस्तै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर सर्वसाधारणमा वितरण गरेको हो ।

अभियान लघुवित्तले मनायो वार्षिकोत्सव

अभियान लघुवित्त वित्तीय संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेर तेस्रो वार्षिकोत्सव बनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष बाबुराम थापाले कोरोना महामारी र आर्थिक मन्दी एवम् वित्तीय तरलताको अवस्थामा पनि आफूहरुले ग्राहकको सेवामा निरन्तर काम गरेको बताए । वार्षिकोत्सवको अवसरमा देशभरका शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रियस्तरको यस संस्थाले ७ वटा प्रदेशका २१ […]

आइपीओ जारी गर्दै धौलागिरी लघुवित्त

काठमाडौं, ५ फागुन । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । आइपीओ बिक्रीका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो । संस्थाले […]

धौलागिरी लघुवित्तले सर्वसाधारणको लागि आईपीओ जारी गर्दै

काठमाडौं, २ फागुन । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । सर्वसाधारणका लागि ३ लाख कित्ता शेयर जारी गर्न संस्थाले प्रक्रिया अघि बढाएको हो । संस्थाले आईपीओ जारी गर्न सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको जनाएको छ । धौलागिरी लघुवित्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको इजाजपत्र प्राप्त गरी २०७५ […]

डिप्रोक्स लघुवित्त २१औं वर्षमा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था २१औं वर्षमा प्रवेश गरेको छ । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाले क्षेत्रियस्तरमा कारोबार सुरु गरेपनि २१ वर्षमा प्रवेश गर्दा राष्ट्रियस्तरको वित्तीय संस्था बन्न पुगेको कम्पनीको दावी छ ।हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ३८ करोड ७४ लाख रहेको र ७१ जिल्लामा १४९ शाखा कार्यालयमार्फत करिव एक लाख ४० हजार भन्दा […]

सिभिल लघुवित्तको नयाँ शाखा शेषमतिमा विस्तार

काठमाडौ., २६ साउन । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । संस्थाले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित शेषमतिमा थप १ नयाँ शाखा कार्यालय विस्तार गरेको हो । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाको नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६४ वटा शाखा पुगेको छ । ‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै […]

सिभिल लघुवित्तको नयाँ शाखा काठमाडौंको शेषमतिमा

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकास्थित शेषमतिमा थप १ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीयले नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै संस्थाले […]

एनआरएन लघुवित्तको केन्द्रीय कार्यालय धनगढीमा

एनआरएन नामक लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालयमा धनगढीमा सञ्चालनमा आएको छ । गैरआवासीय संघ (एनआरएन)को लगानीमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्था एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय धनगढीमा स्थापना गरिएको हो ।