भारत भ्रमणमा रहेकी बंगालदेशकी प्रधानमन्त्री शेख हसिना र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार राष्ट्रपति भवनमा भेटवार्ता भयो । हसिना सेप्टेम्बर ८ सम्मको भारतमा रहँदा दुई देशबीच ७ वटा सम्झौतामा हस्ताक्षर हुन सक्नेछ ।बैठकअघि शेख हसिनाले भारत भ्रमणले दुई देशको आर्थिक विकासमा टेवा पुग्ने आशा व्यक्त गरिन् । भारत पुगेर हसिनाले बंगलादेशको स्वतन्त्रतामा भारतको योगदानको कुरा उठाएर भारतप्रति कृतज्ञता पनि व्यक्त गरिन् । ‘बंगालदेश स्वतन्त्रताको लागि भएको मुक्ति युद्धमा भारत र भारतका