इन्डोनेसियाका २२ वर्षे युवक सेल्फी बेचेरै करोडपति बनेका छन् ।
सुल्तान गुस्ताफ अल गोजाली नामक यी युवक कम्प्युटर साइन्स पढिरहेका छन् । उनले सेल्फी बेचेरै ११ करोडभन्दा बढी रकम कमाइसकेका छन् ।
गोजालीले गोजाली एभ्रिडे नामक भिडियो प्रोजेक्ट बनाएका छन् । त्यसमा उनले सेल्फीहरू राख्ने गरेका छन् ।
एनएफटी अर्थात् नन फन्जिबल टोकनले गोजालीको प्रोजेक्ट र सेल्फीहरू किनेपछि उनी करोडपति बनेका हुन् ।
एनएफटी डिजिटल प्ल्याटफर्म हो र त्यहाँ ब्लकचेन टेक्नोलोजी उपयोग गरेर सामान खरिदबिक्री गरिन्छ । यस विशेष फोरममा क्...