चैत २७, काठमाडौं । एशियन ईन्ष्टिच्यूट अफ डिप्लोमेसी एण्ड ईन्टरनेशनल अफेयर्स (एआईडीआईए) का संस्थापक एवं नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी, नेपाल उद्योग परिसंघको सल्लाहकार समितिको सदस्य मनोनित भएका छन् ।
पूर्व सरकारी बरिष्ठ अधिकारीहरू लगायत निजी क्षेत्रमा बिभिन्न विषयका विज्ञ ब्यक्तित्वहरू सहित २० सदस्य रहने उक्त सल्लाहकार समितिमा नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु कुमार अग्रवालले केसीलाई सल्लाहकार समिति सदस्यमा मनोनयन गरेको संघले बताएको छ ।
सुनिल केसी एक यूवा व्ववसायी हुनुका साथै अन्तरराष्ट्रिय कुटनैतिक सम्बन्धका बिषयमा जानकार पनि हुन् । लामो समयदेखि आर्थिक कूटनीतिको क्षेत्रमा सक्रिय केसी काठमाडौं स्थित (एआईडीआईए) मा संस्थापक प्रमुख रहेका थिए ।
नेपालमा सम्पन्न ‘लगानी सम्मेलन’ तथा नेपाल उद्योग परिसंघको ‘पूर्वाधार सम्मेलन’ आयोजनामा पनि केसीको संलग्नता रहेको थियो । उनको विज्ञता परिसंघको श्रीवृद्धि तथा नेपालमा लगानी र औद्योगिक प्रवर्द्धनको लागि सहयोगी बन्ने संघले विश्वास लिएको छ ।
केसीको कार्यकालमा राष्ट्रको समग्र आर्थिक विकासका साथै परिसंघ लगायत समग्र निजी क्षेत्रप्रति सबैको विश्वास बढोस भन्दै कार्यकाल सफलताको लागि नेपाल–भारत उद्योग वाणिज्य संघले शुभकामना ब्यक्त गरेको छ ।