पुसमा हिमालयन हाइड्रो एक्स्पो— २०१८

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रूपमा आगामी पुस २१ गतेदेखि २३ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो— २०१८ आयोजना हुन लागेको छ । नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र युथ कम्युनिटी फर नेपलिज कन्ट्र्याक्टरको सक्रिय सहभागितामा हुन लागेको एक्स्पोमा काठमाडौँ विश्वविद्यालय, युरोपियन इकोनोमिक चेम्बर नेपाल, नेपाल टनेल एसोसिएसन, टनेलिङ प्रोसेज इनोभेसन इन नेपाल, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग वाणिज्य संघ, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी, बी फोर्सेस प्रालि भारत, हिमालयन जेनेरल इन्स्युरेन्स, भ्यापटेच बुलगारियालगायतको सहयोगमा एक्स्पो आयोजना गर्न लागिएको हो ।

सम्बन्धित सामग्री

हिमालयन हाइड्रो एक्स्पो पुसमा हुने

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना गर्ने भएका छन्। आगामी पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन हुने हिमालयन हाइड्रो एक्स्पो २०१८ मा ३ सयभन्दा बढी स्टल रहने छन्। जलविद्युत प्रवद्र्धक, इक्युपमेन्टस् सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग…