काठमाडौं : आज ६९औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ। कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो। नेपालमा सन् २०१० मै कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेको सरकारी तथ्यांक छ। कुष्ठरोग आँखाले देख्न नसकिने माइक्राे ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट ला