कुष्ठरोगबारे जान्नैपर्ने कुरा

आज विश्व कुष्ठरोग दिवस । जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवसलाई विश्वव्यापी रूपमा मनाउने चलन छ । ‘कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने सन्देशसहित ६९ औँ कुष्ठरोग दिवस मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०१० मा कुष्ठरोग निवारण भएको मुलुक भनेर घोषणा गर्‍यो । कुष्ठरोग निवारण भएको मुलुकका रूपमा घोषणा भएको ११ वर्ष बितिसक्दा पनि नेपालमा कुष्ठरोगीको सङ्ख्या झन् बढ्दै गएको छ ।कुष्ठरोग के हो, यो रोग लागेको कसरी थाहा पाउने, यो रोग लाग्न