हरेक अंग्रेजी वर्षको जनवरी महिनाको ३० तारिखमा विश्व कुष्ठरोग दिवस मनाइन्छ । यो वर्ष 'मर्यादाका लागि एकता'को नारा लिएर कुष्ठरोग दिवस मनाइँदै छ । मुलत: कुष्ठरोग भएका बिरामी तथा जनचेतना प्रदान गर्नुका साथै कुष्ठरोग भइसकेका बिरामीलाई हेला र तिरस्कारबाट बचाउने धेयले यो दिन मनाउन थालिएको हो ।