काठमाण्डाै - आज ६९औँ विश्व कुष्ठरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ ।
नेपालमा १२ वर्षअघि नै कुष्ठरोग निवारण भएको घोषणा भए पनि नयाँ बिरामी देखिने गरेका छन् । सरकारी तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका छन् । समयमै कुष्ठरोगको उपचार हुन नसके अपाङ्गता हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम हुन्छ । त्यसैले बेलैमा उपचार गर्न र रोग नलुकाउन सरकारले आग्रह ग...