काठमाडौं : ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँं’ नारासहित ७० औँ विश्व कुष्ठरोग दिवस मनाइँदैछ। हरेक वर्षको जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाइन्छ। आइतबार स्वास्थ्य सेवा विभागमा कार्यक्रमको आयोजना गरिँदैछ।
आर्थिक वर्ष २०७८/७९को मा कुष्ठरोगका नयाँ बिरामीको संख्या २ हजार २८५ रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले जनाएको छ। ‘अघिल्लो वर्ष २१ सय हाराहारीमा नयाँ बिरामी थपिएका थिए’, शाखाका प्रमुख...