नबिल बैङ्कले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ। आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ। नबिल स्मार्टपोस मार्फत बैङ्कले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठुलो कदम अगाडि बढाएको बैङ्कले जनाएको छ।