नवप्रवर्तनलाई प्रोत्साहन गर्न साझेदारी कोष

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा सुशासन, सार्वजनिक सेवा प्रवाह र स्थानीय तहको आर्थिक विकासका क्षेत्रमा विकास गर्न नवप्रवर्तन साझेदारी कोष सञ्चालनमा ल्याएको छ । मन्त्रालय मातहतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी) मार्फत कोषको बजेट खर्चिन लागिएको हो ।मन्त्रालयले बनाएको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका २०७८ लागू गरी स्थानीय […]

सम्बन्धित सामग्री

सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच साझेदारी

काठमाडौं- नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच कृषि क्षेत्रमा सहयोग आदानप्रदानबारे साझेदारी भएको छ । बुधबार नेपाल सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र सुधार केन्द्रका महानिर्देशक ब्राम गोवर्टले दश वर्षे सहयोग सम्झौतामा हस्ताक्षर गरेका हुन् । कृषि क्षेत्रको उत्पादन र व्यवस्थित बजारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो साझेदारी […]

भारत–नेपाल आर्थिक साझेदारी सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र पीएचडी उद्योग वाणिज्य संघ (पीएचडीसीसीआई)ले वीरगञ्जमा बिहीवार भारत–नेपाल आर्थिक साझेदारी सम्मेलन २०२३ को आयोजना गरेका छन् । सम्मेलनमा नेपाल एसबिआई बैंक लिमिटेड, वीरगञ्ज उद्योग वाणिज्य संघ र स्टार्टअप नेटवर्कको सहकार्य रहेको थियो ।  अग्रगामी द्विपक्षीय आर्थिक साझेदारीको एजेन्डाबारे छलफल गर्न महŒवपूर्ण मञ्च सृजना गराउन सम्मेलनको आयोजना गरिएको थियो । नेपाल–भारत सीमा नजिक रहेको नेपालको मुख्य आर्थिक केन्द्र वीरगञ्जमा व्यापार वृद्धिका लागि अत्यावश्यक प्रोत्साहन दिने, अर्थतन्त्रको मुख्य क्षेत्रमा व्यावसायिक आबद्धता र लगानीका लागि नयाँ क्षेत्र खुलाउनेबारे सम्मेलनमा छलफल गरिएको थियो । भारत र नेपालबीच विप्रेषण, आयात, निर्यात र नेपालको भुक्तानी सन्तुलन चुनौतीसमेतका विषयमा केन्द्रित रहेर गहन आर्थिक आबद्धताका लागि साझा मञ्चको सृजना गर्नेबारे पनि सम्मेलनमा छलफल भयो । दुई देशमा लगानी परिचालन गर्ने, दक्षिण एशियामा उप–क्षेत्रीय सहकार्यमा मजबूतीका रूपमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध पुनःस्थापित गर्ने लगायत विषयमा समेत छलफल भएको थियो ।

नबिल बैंक र महिला उद्यमी महासंघबीच समझदारी

काठमाडौं । नबिल बैंक र महिला उद्यमी महासंघ (एफवीन) बीच समझदारी भएको छ । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यसहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारका लागि साझेदारी भएको बैंकले जनाएको छ । साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एफवीनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर […]

दराज र नेप्सबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन गर्न साझेदारी, ग्राहकलाई के फाईदा ?

नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ । आफ्नो अर्डरको लागि नगद अन डेलिभरी मार्फत भुक्तानी गर्न रुचाउने ग्राहकहरूलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिइरहेका छन्।यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीबीच हस्ताक्षर भएको हो ।दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँलले भने “नेपाली ई–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्न डिजिटल शपिङ प्लेटफर्म प्रयोग गर्दै ग्राहकहरूलाई थप डिजिटल भुक्तानी विधिहरू छनौट गर्न प्रोत्साहित गर्न ल्भ्एक् सँगको हाम्रो साझेदारीप्रति हामी उत्साहित र आशावादी छौं।“  ग्राहकहरूलाई नगदबाट डिजिटल वित्तीय कारोबारमा स्वीच गर्न प्रोत्साहित गर्ने प्रयासमा दराजले विभिन्न बैंकहरू र डिजिटल वालेटहरूसँग सम्बन्ध र भुक्तानी साझेदारी बढाउँदै आएको छ। दराजले धेरै बैंकहरूसँग साझेदारी गरेको छ, जसले ग्राहकहरूलाई तोकिएको बैंक दिनहरूमा ती विशिष्ट बैंकहरू मार्फत भुक्तानी गर्दा विशेष छुटहरू प्राप्त गर्न अनुमति दिनेछ ।ग्राहकहरूले दराज एपमा आफ्नो अर्डर चेक आउट गर्दा र बैंक अफ द डेज डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक बैंक छुट भौचरहरू प्रयोग गर्न सक्नेछन्। संकलित भाउचरहरू चेकआउटको समयमा स्वचालित रूपमा लागू हुने दराजले जनाएको छ।

दराज र इलेक्ट्रोनिक पेमेन्ट सिस्टमबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन गर्न साझेदारी

अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ । आफ्नो अर्डरको लागि नगद अन डेलिभरी मार्फत भुक्तानी गर्न रुचाउने ग्राहकहरूलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिँदै आएका छन् । यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीबीच हस्ताक्षर भएको हो । ‘नेपाली ई&nda

प्रिमियर इन्टरनेशनल र स्पोर्ट्स फेडेरेसनबीच साझेदारी

प्रिमियर इन्टरनेशनल (आइबी) वर्ल्ड स्कुलले इन्टरनेशनल स्कुल स्पोर्ट्स फेडेरेसन (आईएसएफ) सँग सहकार्य गरेको छ  । स्पोर्ट्स फेडेरेसन नेपाल खेलकुद महासंघमा समेत आबद्ध रहेको छ । यस सहकार्यले अन्तर्राष्ट्रिय स्तरका खेलकुद पाठ्यक्रमलाई नेपाली विद्यालयमा समावेश गरी खेलकुदको क्षेत्रमा सुधार गर्ने लक्ष्य लिएको छ ।प्रिमियर स्कुलले अन्तर्राष्ट्रिय स्तरको खेलकुद पूर्वाधार तयार गर्ने, देशको शिक्षा प्रणालीको विकास गर्ने र अहिलेको युग सुहाउँदो शिक्षामा विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने कार्यमा अग्रणी भूमिका

घोराहीमा अक्सिजन उद्योग निर्माणका लागि निजी क्षेत्रलाई आह्वान, नगरले अनुदान दिने

दाङ : घोराही उपमहानगरपालिकाले लागत साझेदारी अनुदानमा अक्सिजन प्लान्ट निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गर्ने निर्णय गरेको छ।शुक्रबार नगर कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बसेको बैठकले अक्सिजन प्लान्ट निर्माणका लागि सबै व्यवसायी तथा अस्पतालहरुलाई आह्वान गर्ने र उपमहानगरले लागत साझेदारीमा अनुदान उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए।दीर्घकालीन रूपमा अक्सिजन प्लान्ट आवश्यक देखिएको र त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्दै उपमहानगरले अनुदानको

मुक्तिनाथ विकास बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुक चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट–पे’सँग साझेदारी गरेको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर गरे ।यो सम्झौता पछि वीच्याट–पे मोबाइल वालेट प्रयोगकर्ताहरुले मुक्तिनाथ बैंकअन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था […]

कुखुरा र हाँसपालनलाई गाउँपालिकाको प्रोत्साहन

कपिलवस्तुको विजयनगर गाउँपालिकाले पन्छीपालक कृषकलाई प्रोत्साहन गरेको छ । पालिकाले नवप्रवर्तन साझेदारी कोषमार्फत कृषकलाई चल्ला, दाना र भाँडा वितरण गरिएको छ ।