कपिलवस्तुका साझेदारी वनद्वारा तीन लाख बिरुवा उत्पादन

कपिलवस्तु । कपिलवस्तुका तीन साझेदारी वनले तीन लाख बढी बिरुवा उत्पादन गरेका छन् । कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न जातका बिरुवा उत्पादन गरि वितरणको तयारी गरेको हो । उजाड र वन अतिक्रमित क्षेत्रमा वृक्षारोपण गर्न बिरुवा उत्पादन गरि वितरण गर्ने कार्यक्रम राखिएको डिभिजन प्रमुख दधिलाल कँडेलले जानकारी दिनुभयो । […]