पाकिस्तानमा कोरोना ९कोभिड–१९० महामारीको तेस्रो लहर शुरू भएको छ। प्रधानमन्त्री इमरान खानले नागरिकलाई थप सजगता अपनाउन आग्रह गरेका छन्।कोरोना विरुद्धको भ्याक्सिन लगाएकाहरू पनि धमाधम संक्रमित भइरहेको खबर त्यहाँका सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्। लाइन बस्नुपर्ने स्थिति आएपछि मानिसहरूले महंगो रकम तिरेर निजी मेडिकलमा कोरोना विरुद्धको खोप लगाइरहेका छन्।गएको साता पाकिस्तानमा यसअघिका रेकर्ड तोडिनेगरी संक्रमित भेटिएका थिए। अब त्यहाँको हालत पनि छिमेकी देश भारतकै जस्तो हुने जोखिम बढेको बताइएको छ।