कोरोना दोस्रो लहर: काभ्रेमा सयको मृत्यु, सात हजार सङ्क्रमित

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब दुई महिनाको अवधिमा यहाँ १०० भन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ। यही अवधिमा जिल्लामा सात हजारमा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ।