सुरुङमार्ग निर्माण सम्झौता

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा र निर्माणको जिम्मा पाएको हाज्मा एन्डो कर्पोरेसनबीच निर्माण सम्झौता भएको हो ।

सम्बन्धित सामग्री

नागढुंगा सुरुङमार्ग : स्थानीयको अवरोध हटेपछि निर्माण शुरू

काठमाडौं। निर्माणको अन्तिम चरणमा पुगेको नागढुंगा सुरुङमार्ग आयोजनाको निर्माण पुन: शुरू भएको छ । सुरुङ खन्ने क्रममा जमीनमा खाडल परेको र घर चर्किएपछि प्रभावित स्थानीयवासीले निर्माण अवरुद्ध पारेका थिए । सुरुङमार्गको पूर्वी पोर्टल (काठमाडौंतर्फ)को ८३ मिटरमाथि खाडल परेको थियो । साथै ९ ओटा घर पनि चर्किएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खाडल परेको ठाउँको अनुसन्धान विज्ञबाट गराउने र चर्किएका घर अस्थायी स्थानान्तरण गर्ने निर्णय गरेपछि सुरुङमार्ग निर्माण पुन: अघि बढेको छ । यससँगै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले सुरुङमार्ग निर्माण तीव्र बनाएर एक महीनाभित्र ‘ब्रेक थ्रु’ गर्न निर्देशन दिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालयले सुरुङमार्ग निर्माणका क्रममा भएका समस्या समाधान गर्न समिति पनि गठन गरेको छ । सडक विभागका वैदेशिक महाशाखाका प्रमुख विजय जैसीको नेतृत्वमा एक समिति गठन गरिएको जानकारी दिइएको छ । आयोजनामा निर्माण र स्थानीय बासिन्दालाई समस्या परेपछि मन्त्री ज्वालाले शनिवार सर्वपक्षीय बैठक बोलाएका थिए । पीडित पक्ष, त्यस क्षेत्रका संघीय र प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा आयोजना प्रमुखको सहभागितामा निर्णय भएपछि आयोजनाको काम शुरू भएको हो । उक्त समितिले सुरुङमार्ग निर्माण स्थलमा कसरी खाडल पर्‍यो, कति घर चर्किए भन्ने जस्ता कारण पत्ता लगाउने र पीडितलाई स्थानान्तरणको व्यवस्थाका लागि काम गर्ने बताइएको छ । आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल समाधान गर्ने सूचनामा उल्लेख छ । मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गर्ने निर्णय बैठकले गरेको छ । २०७६ कात्तिकमा शिलान्यास भएको यो सुरुङमार्गको उद्धार सुरुङमार्ग (रेस्क्यु टनेल) गत साउन तेस्रो साता ब्रेक थ्रु भएको थियो । मुख्य सुरुङमार्गको ब्रेक थु्र दशैंअघि नै गरिने भनिएको थियो । तर स्थानीयको अवरोधका कारण काममा भएको ढिलाइले दशैंअघि हुन सकेन । आयोजनाको मुख्य सुरुङमार्ग अब २०० मिटर खन्न बाँकी छ । कुल ५ दशमलव ७ किलोमिटरको नागढुंगा–नौबिसे सुरुङमार्ग बनाउन नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)बीच सन् २०१६ मा सम्झौता भएको थियो । जापान सरकारको सहुलियत ऋणमा बन्न लागेको यस सुरुङमार्गको कुल लागत २२ अर्ब रुपैयाँ छ ।

तीन सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न

काठमाडौं । सडकमा सुरुङमार्ग निर्माण शुरू भइसकेको मुलुकमा थप ठाउँमा यस्ता संरचना बनाउन अध्ययन भइरहेको छ । सडक विभागले विभिन्न राजमार्ग तथा सडकमा हालसम्म एक अन्डरपाससहित १८ ओटा सुरुङमार्ग बनाउन सम्भाव्यता अध्ययन गरिरहेको छ । थप नयाँ चार स्थानमा सुरुङमार्ग अध्ययन गर्न आवश्यक देखिएको पनि विभागले औंल्याएको छ । विभागका अनुसार धरान–लेउती, मानेचौर–बीपीनगर खुटिया दिपायल खण्ड र बीपीनगर खुटिया दिपायल सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अहिले नागढुंगामा सुरुङमार्ग निर्माण भइरहेको छ । सिद्धार्थ राजमार्गको पाल्पा खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि प्रक्रिया अघि बढेको छ । यसबाहेक गत आर्थिक वर्षसम्ममा विभागले उक्त संख्यामा सुरुङमार्ग बनाउन पूर्वसम्भाव्यता अध्ययन, खरीद व्यवस्थापन र थप नयाँ स्थान पहिचान गरेको हो ।  विभागका महानिर्देशक सुशीलबाबु ढकालले आवश्यक देखिएका स्थानमा सुरुङमार्ग निर्माण गर्न अध्ययन गरिएको बताए । तर, अध्ययन हुनासाथ निर्माण भइहाल्ने अवस्था भने नभएको उनको भनाइ छ । ‘विभिन्न सडकमा सुरुङमार्ग बनाउन आवश्यक छ भन्ने महसूस भएको छ,’ ढकालले भने, ‘यो संरचना बनाउन धेरै प्रक्रिया पूरा गर्नुपर्छ । उदाहरणका लागि नागढुंगा सुरुङमार्ग बनाउन सन् २०१२ बाट छलफल भएको थियो, ठेक्का बल्ल सन् २०१८ मा व्यवस्थापन भयो ।’ अहिले ठाउँहरू पहिचान गरिएको र प्राथमिकताका आधारमा बनाउनैपर्ने देखिएमा स्रोत व्यवस्थापन गर्दै निर्माण अघि बढाउने उनले बताए । विभागको आव २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार अध्ययन भइरहेका सुरुङमार्ग पोखरादेखि जाजरकोट, रारा राजमार्गहरूमा पर्छन् । विभागले सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत विभिन्न खण्डमा अध्ययन गरेको छ । निर्माण तुलनात्मक रूपमा महँगो भए पनि सडकको दूरी घटाउन, ट्राफिक व्यवस्थापन र कतिपय अवस्थामा पहिरोका कारण हुने जनधनको क्षति कम गर्न पछिल्लो समय सरकारले सुरुङमार्ग निर्माण योजना अघि सारेको छ । ट्राफिक व्यवस्थापन र दूरी छोट्ट्याउन जापान सरकारको ऋण सहयोगमा नागढुंगा सुरुङमार्ग निर्माण भइरहेको छ । वर्षेनि पहिरोका कारण जनधनको क्षति हुने सिद्धबाबामा उक्त क्षति रोक्न सुरुङमार्ग निर्माण अघि बढाइएको विभागले जानकारी दिएको छ ।  उक्त आयोजना बनाउन विभागले चिनियाँ कम्पनी चाइना स्टेटसँग २०७८ फागुनमा ठेक्का सम्झौता गरिसकेको छ । यसको ठेक्का सम्झौता रकम ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । ५ वर्षमा यो सुरुङमार्ग सम्पन्न गर्ने भनिएको छ ।  विभागले आफ्नो प्रतिवेदनमा ठेक्का सम्पन्न गर्नुपर्ने मिति भने उल्लेख गरेको छैन ।  विभागका अनुसार सिद्धबाबा सुरुङमार्गको सर्वे सम्पन्न भइसकेको छ । यसमा ठेक्काअन्तर्गतका निर्माणको डिजाइन गर्न नक्सांकन, भौगर्भिक अध्ययनलगायत काम सम्पन्न भएका छन् । सुरुङमार्गको डिजाइन पनि विभागले स्वीकृत गरिसकेको छ ।  निर्माण व्यवसायी चिनियाँ कम्पनी साइटमा मोबिलाइज भई क्याम्प, विद्युतीय लाइन तथा ट्रान्फर्मर जडान, वर्कसप, इक्वीपमेन्ट यार्ड निर्माणलगायत काम गरिसकेको छ । विभागले चालू आवमा ४०० मीटर सुरुङमार्ग खन्ने काम सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढ्यो

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलदेखि पाल्पा जाने सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको प्रक्रिया अघि बढेको छ । सुरुङमार्ग निर्माणका लागि गत साता चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ’सँग ठेक्का सम्झौता गरिएको हो । ठेक्का सम्झौता भएसँगै चिनियाँ कम्पनीलाई वातावरणीय अध्ययन र सुरुङको विस्तृत डिजाइनका लागि ९ महिनाको समय दिइएको छ । ठेक्का सम्झौता […]

दुई वर्षमा सुरुङ मार्गको भौतिक प्रगति २२ प्रतिशत, अब १८ महिनामा सक्नुपर्ने

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालेको दुई वर्ष वित्यो । अहिलेसम्म भौतिक प्रगति २२ प्रतिशत मात्र छ । निर्माण सम्पन्न गर्ने समय नजिकिँदै जाँदा प्रगति बढ्न सकेको छैन । ठेक्का सम्झौता भएको मितिले ४२ महिनाभित्र निर्माण सक्नु पर्ने छ । अब १८ महिना मात्र बाँकी छ ।

२०७३ मा बनाउने भनिएको नागढुंगा–नौबिसे सुरुङमार्गको बल्ल निर्माण सम्झौता

काठमाडौं । सरकारले ०७३ सालमै निर्माण गर्ने भनेको नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण सम्झौता बल्ल भएको भएको छ