नागढुंगा सुरुङमार्ग : स्थानीयको अवरोध हटेपछि निर्माण शुरू

काठमाडौं। निर्माणको अन्तिम चरणमा पुगेको नागढुंगा सुरुङमार्ग आयोजनाको निर्माण पुन: शुरू भएको छ । सुरुङ खन्ने क्रममा जमीनमा खाडल परेको र घर चर्किएपछि प्रभावित स्थानीयवासीले निर्माण अवरुद्ध पारेका थिए । सुरुङमार्गको पूर्वी पोर्टल (काठमाडौंतर्फ)को ८३ मिटरमाथि खाडल परेको थियो । साथै ९ ओटा घर पनि चर्किएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खाडल परेको ठाउँको अनुसन्धान विज्ञबाट गराउने र चर्किएका घर अस्थायी स्थानान्तरण गर्ने निर्णय गरेपछि सुरुङमार्ग निर्माण पुन: अघि बढेको छ । यससँगै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले सुरुङमार्ग निर्माण तीव्र बनाएर एक महीनाभित्र ‘ब्रेक थ्रु’ गर्न निर्देशन दिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालयले सुरुङमार्ग निर्माणका क्रममा भएका समस्या समाधान गर्न समिति पनि गठन गरेको छ । सडक विभागका वैदेशिक महाशाखाका प्रमुख विजय जैसीको नेतृत्वमा एक समिति गठन गरिएको जानकारी दिइएको छ । आयोजनामा निर्माण र स्थानीय बासिन्दालाई समस्या परेपछि मन्त्री ज्वालाले शनिवार सर्वपक्षीय बैठक बोलाएका थिए । पीडित पक्ष, त्यस क्षेत्रका संघीय र प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा आयोजना प्रमुखको सहभागितामा निर्णय भएपछि आयोजनाको काम शुरू भएको हो । उक्त समितिले सुरुङमार्ग निर्माण स्थलमा कसरी खाडल पर्‍यो, कति घर चर्किए भन्ने जस्ता कारण पत्ता लगाउने र पीडितलाई स्थानान्तरणको व्यवस्थाका लागि काम गर्ने बताइएको छ । आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल समाधान गर्ने सूचनामा उल्लेख छ । मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गर्ने निर्णय बैठकले गरेको छ । २०७६ कात्तिकमा शिलान्यास भएको यो सुरुङमार्गको उद्धार सुरुङमार्ग (रेस्क्यु टनेल) गत साउन तेस्रो साता ब्रेक थ्रु भएको थियो । मुख्य सुरुङमार्गको ब्रेक थु्र दशैंअघि नै गरिने भनिएको थियो । तर स्थानीयको अवरोधका कारण काममा भएको ढिलाइले दशैंअघि हुन सकेन । आयोजनाको मुख्य सुरुङमार्ग अब २०० मिटर खन्न बाँकी छ । कुल ५ दशमलव ७ किलोमिटरको नागढुंगा–नौबिसे सुरुङमार्ग बनाउन नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)बीच सन् २०१६ मा सम्झौता भएको थियो । जापान सरकारको सहुलियत ऋणमा बन्न लागेको यस सुरुङमार्गको कुल लागत २२ अर्ब रुपैयाँ छ ।

सम्बन्धित सामग्री

नागढुंगा सुरुङमार्ग निर्माणमा ढिलाइ

निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजना सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने भएको छ।

अनिश्चिततातर्फ नागढुंगा सुरुङमार्ग

नागढुंगा सुरुङमार्ग आयोजना प्रभावितक्षेत्रका स्थानीयको अवरोधका कारणले नागढुंगा सुरुङमार्ग तीन सातादेखि अनिश्चिततातर्फ धकेलिएको छ।...

हप्ता दिनदेखि ठप्प नागढुंगा सुरुङमार्ग निर्माण

नागढुंगा सुरुङमार्ग आयोजना प्रभावित क्षेत्रका जनताको अवरोधका कारणले सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्ने समय अनिश्चिततातर्फ धकेलिएको छ।...

दोस्रोपटक थपिएको म्यादमा पनि नबन्ने भयो नागढुंगा सुरुङमार्ग

दोस्रोपटक थप गरिएको म्यादमा पनि नागढुंगा सुरुङमार्ग आयोजना नबन्ने भएको छ । अप्रिल ०२३ सम्म रहेको ठेक्काको म्याद दुईपटक थप गरेर २५ अप्रिल ०२४ सम्म पुर्‍याइएको छ । तर, आयोजनाको पछिल्लो प्रगतिअनुसार...

नागढुंगा सुरुङमार्ग समयमा नै निर्माण असम्भव

काठमाडौं, कात्तिक २८ । देशकै पहिलो र बहुप्रतिष्ठित काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने निर्माणाधीन नागढुंगा सुरुङमार्गको निर्धारित समयमा निर्माण सम्पन्न नहुने भएको छ । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग तोकिएको अवधिमा नसकिने देखिएको हो । हालसम्म आयोजनाको समग्र भौतिक निर्माणको काम ४४ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको निर्माण अवधि अब करिब […]

नागढुंगा सुरुङमार्ग साउनसम्म सम्पन्न गर्ने नयाँ लक्ष्य

निर्माणाधीन नागढुंगा सुरुङमार्ग सुरुङ निर्माणको काम ४३ दशमलव ३५ प्रतिशत सम्पन्न भएको छ । अडिट र मुख्य गरी कुल पाँच हजार चार सय ९९ मिटर लम्बाइ सुरुङ खन्नुपर्नेमध्ये दुई हजार तीन...

नागढुंगा सुरुङमार्ग आयोजनामा अझै मुआब्जाको उल्झन

३० कात्तिक, काठमाडौं । शिलान्यास भएको दुई वर्षमा पनि सिस्नेखोला–दहचोक (नागढुंगा) सुरुङमार्ग आयोजनाको मुआब्जा विवाद सुल्झिएको छैन । यसका कारण आयोजनामा सुरुङसहित बाहिर गर्नुपर्ने फ्लाइओभर र मूल सडकसम्म जोडिने पहुँच सडक निर्माणको काम प्रभावित बन्ने अवस्था छ । सुरुङभित्र र बाहिर समानान्तर ढंगले काम नभएपछि विवाद समाधानमा सरकारले सक्रियता भने देखाएको छ । सोमबार जिल्ला […]

संसदीय समितिद्वारा नागढुंगा सुरुङमार्ग अनुगमन

संसदीय समितिले स्थानीयबासीलाई विस्थापित नहुने गरी नागढुंगा सुरुङमार्ग निर्माणकार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद, राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको टोलीले आइतबार राष्ट्रिय गौैरवको आयोजनाको रूपमा रहेको नागढुंगा सुरुङमार्ग निर्माण कार्यको स्थलगत अवलोकन गरेपछि स्थानीयबासी विस्थापित नहुने गरी काम सम्पन्न गर्न सरकारलाई सचेत गराएको हो । संसदीय समितिको अनुगमन टोलीलाई आयोजनाका […]