कात्तिक २५, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश करसहित गरेर कुल ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक २५ गते बिहीवार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
यो पनि हेर्नुस् :
लक्ष्मी बैंकको खुद नाफा करीब ७७% वृद्धि, वितरणयोग्य नाफा २ अर्बभन्दा बढी
९ % ले पूँजी वृद्धि गरेको लक्ष्मी बैंकको नाफा साढे १ अर्ब ५४ करोडभन्दा बढी