गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम कम्पनीको चुक्ता पुँजीकोे ५.५ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ […]

सम्बन्धित सामग्री

गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको  शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको १३ दशमलव २७ प्रतिशत बोनस शेयर को समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू.३६९ दशमलव ४७ कायम भएको छ ।  नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य रू. ४१८ दशमलव ५०मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आज अर्थात बिहीवार  देखि  दोस्रो बजारमा  कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (बुधवार) रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत २३ गते बुक क्लोज गरेकाले आज अर्थात चैत २२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १३ दशमलव २७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले २०८० बैशाख ६ गते साधारण सभा आयोजना गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय राज भवन ,तिनकुने काठमाडौंमा भिडियो कन्फ्रेन्सको माध्यमबाट बिहान १०ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

गुराँस लाइफ इन्स्योरेन्सले बोलायो १३.२७ % लाभांश पारित गर्न साधारण सभा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वैशाख ६ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको प्रधान कार्यालय तिनकुने, काठमाडौंमा बिहान १०ः३० बजे सभा बोलाइएको छ । सभाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरूसँगै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब २३ करोड ९३ लाख ७० हजारको आधारमा १३ दशमलव २७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । उक्त बोनस शेयरमा लाग्ने करबापतको रकम भने शेयरधनी स्वयंले व्यहोर्नुपर्ने पनि कम्पनीले जानकारी दिएको छ । गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका छन् ।  एकीकृत कारोबार गर्न बाँकी रहेको अवस्थामा गुराँस लाइफले साधारण सभा आह्वान गरेको हो । मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने विषयलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । मर्जरका लागि सहमति भएको समान हैसियतको शेयर स्वाप रेसियोलाई पनि सभाले स्वीकृति दिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गते एक दिन बुक क्लोज गर्दै छ । यसको आधारमा चैत २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

गुराँस लाइफ इन्स्योरेन्सले ७.४४ प्रतिशत बोनस सेयर दिने

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीकोसञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को संचित मुनाफाबाट ७.४४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.३९ प्रतिशत नगद लाभांश पनि खर्च गर्नेछ ।कम्पनीले ७.४४ प्रतिशतले हुन आउने १५ करोड ५१ लाख २० हजार रुपैयाँबराबरको […]

गुराँस लाइफ इन्स्योरेन्सले ७.४४ प्रतिशत बोनस सेयर दिँदै

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट ७.४४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.३९ प्रतिशत नगद लाभांश पनि खर्च गर्नेछ।कम्पनीले ७.४४ प्रतिशतले हुन आउने १५ करोड ५१ लाख २० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशतले हुन आउने ८१ लाख ६४ हजार २१०.५३ रुपैयाँ नगद लाभांश दिने भएको हो ।प्रस्तावित लाभांश बीमा समितिको स्व

गुराँस लाइफको साढे ५ प्रतिशत लाभांश पारित

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई साढे ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।कम्पनीको ११औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आव २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ लाख ६ सय रुपैयाँको ५.५० प्रतिशतले हुने आउने रकम १० […]

गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ५.७९% लाभांश पारित

मंसिर १०, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभा कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट सम्पन्न भएको हो ।  साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  साथै, सभाले बोनस शेयर जारी पश्चात् वृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पूँजीलाई सोही अनुरुप वृद्धि गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवम् स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

२५ साउन, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम कम्पनीको हाल कायम चुक्तापुँजीकोे ५.५ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ […]

गुराँस लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्‍यो ५.७८ % लाभांश

साउन २५, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७५/ ७६ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले ५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् ।