सिद्धार्थ इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

काठमाडौं, २० माघ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ १८ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको […]

सम्बन्धित सामग्री

सिद्धार्थ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

३० कात्तिक, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । २९ कात्तिक मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । इन्स्योरेन्सले सेयधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँको ९.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ […]

६ निर्जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, सबैभन्दा बढी नेको इन्स्योरेन्सको

माघ २४, काठमाडौं । हालसम्म ६ ओटा निर्जीवन बीमा कम्पनीले आव २०७७/७८ को  मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।  लाभांश घोषणा गरेका ६ ओटा कम्पनीमध्ये प्रिमियर इन्स्योरेन्सले लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हो ।  बाँकी ५ ओटा कम्पनीले भने साधारण सभा बोलाएका छैनन् । यी ६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीले कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी प्रभु इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश, एनएलजी इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  यी पाँच ओटा कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको छ ।  समितिका अनुसार बिमकले भविष्यमा जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बिमकलाई आइपर्न सक्ने थप जोखिम बहन गर्न पूँजी कोषलाई सबल बनाउनको लागि अर्को व्यवस्था नहुन्जेलसम्मको लागि नगद लाभांश वितरणमा रोक लागाएको हो ।  सोही व्यवस्थाअनुसार कम्पनीहरुले लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गर्न थालेका छन् ।