एनसीसी बैंकको लाभांश प्रस्ताव

कुमारी बैंकसँग मर्जर सम्झौता गरेको नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले लाभांश प्रस्ताव गरेको छ ।

सम्बन्धित सामग्री

कुमारी बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौँ। कुमारी बैंकको प्रस्तावित लाभांश तनेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ को लागि १२.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। एनसीसी बैंकसँग मर्जर सम्झौता गरेको बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेसँग अब बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ।

कुमारी बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

३० असोज, काठमाडौं । कुमारी बैंकको प्रस्तावित लाभांश तनेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को लागि १२.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । एनसीसी बैंकसँग मर्जर सम्झौता गरेको बैंकको प्रस्तावित …

एनसीसी बैंकको लाभांश घोषणा

एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार बैंकले वितरण योग्य रकमबाट शेयरधनीहरुलाई हालको चुक्ता पूँजी एघार अर्ब तेह्र करोडको ३.३६६३ प्रतिशतले हुन आउने सैंतीस करोड पचास लाख बराबरको बोनश शेयर र चुक्ता पूँजीको ७.६३३७ प्रतिशतले हुन आउने पचासी करोड तीन लाख चौसठ्ठी हजार पाँच सय बयासी रूपैया नगद लाभांश गरि कुल ११.२९६७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ। हाल एनसीसी बैंक र कुमारी बैंक मर्जर प्रक्रियामा छन् ।यस सँगै एनसीसी बैंक लाभांश घोषणा गर्ने तेस्रो वाणिज्य बैंक बनेको छ । यस अघि सिटिजन्स र कुमारीले लाभांश घोषणा गरिसकेका छन् ।

कुमारी बैंकको लाभांश घोषणा, बोनस नदिने

कुमारी बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–०७९ को  मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १२.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। बैंकले आर्थिक बर्ष २०७८-०७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।  उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३ सय २६ रुपैयाँ रहेको छ ।  हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेका छन् ।  मर्जर प्रक्रियामा रहेको कारण बैंकको कारोबार रोक्का रहेको छ ।

एनसीसी बैंकको ८.४२ % लाभांश प्रस्ताव पारित

पुस २९, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले प्रस्तावित कुल ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।  कम्पनीले बिहीवार काठमाडौंमा २४ औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाएको हो ।  कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट आयोजित सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।   हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ३१ करोड ४५ लाख १६ हजार रहेको छ ।  लाभांश प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पनि पारित गरेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो ।  गत वर्ष कम्पनीले १० दशमलव २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार पुग्नेछ ।  अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने विषयमा पनि कम्पनीले छलफल गरी यदि जाने भएमा सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

आज १७ कम्पनीको साधारणसभा हुदै (सूचीसहित)

आज पुस २९ गते बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत १५ वटा सहित १७ कम्पनीले साधारणसभा गर्दै छन् । आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्पन्न गरि सक्नु पर्ने प्रावधानको कारण पुस अन्तिम साताको लागि धेरै कम्पनीले साधारणसभा आह्वान गरेका छन्  । जसमा पनि पुस २९ गते र ३० गतेको लागि अधिकामाश साधारणसभा तय भएका छन्।आज चन्द्रागिरी हिल्स, कृषि विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, मिथिला लघुवित्त, बरुण हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, सामुदायिक लघुवित्त, मिर्मिरे लघुवित्त, गुडविल फाइनान्स, माउन्टेन हाइड्रो, मानुषी लघुवित्त, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, मन्जुश्री फाइनान्स, एनसीसी बैंक , र नारायणी  डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेका हुन् ।नेप्सेमा सुचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंकले पनि आज साधारणसभा गर्दै छ भने नेप्से कै साधारणसभा पनि आज रहेको छ ।जस मध्ये कृषि विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, मिथिला लघुवित्त,गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, मिर्मिरे लघुवित्त, गुडविल फाइनान्स,  एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, मन्जुश्री फाइनान्स, र एनसीसी बैंकले मात्र लाभांश प्रस्ताव गरेका छन् ।कृषि विकास बैंकले, श्री इन्भेष्टमेन्ट फाइनान्स, मिथिला लघुवित्त,गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, मिर्मिरे लघुवित्त, गुडविल फाइनान्स,  एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, मन्जुश्री फाइनान्स, र एनसीसी बैंकले मात्र लाभांश प्रस्ताव गरेका छन् । नेप्सेमा सुचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंकले पनि लाभांश प्रस्ताव गरेको छ भने नेप्सेको पनि लाभांश प्रस्ताव रहेको छ ।कतिपय कम्पनीले भने आफ्नो साधारणसभा भर्चुअल रुपमा गर्नेछन् । सरकारले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा नयाँ आदेश जारी गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कनै पनि किसिमको मेला. भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने निर्देशन दिएपछि कम्पनीहरुले भर्चुअल साधारणसभाको बाटो रोजेका हुन्  ।

एनसीसी बैंकको ८.४२ प्रतिशत लाभांश प्रस्ताव

एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने […]

लाभांश सार्वजनिक गरेका २१ वाणिज्य बैंकहरुमध्ये १० ओटा बैंकको लाभांश बढ्यो

कात्तिक २७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २६ ओटा वाणिज्य बैंकहरुमध्ये शुक्रवारसम्म २१ बैंकहरुले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । अझै ५ ओटा बैंकहरु कृषि विकास बैंक, एनसीसी बैंक, नेपाल एसबिआई बैंक, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकले गत वर्षको लाभांश घोषणा गर्न बाँकी रहेको छ । लाभांश सार्वजनिक गरेका २१ ओटा बैंकहरुमध्ये पनि सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, कुमारी बैंक र माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभामार्फत लाभांश पारित गरिसकेका छन् । नेपाल बंगलादेश बैंकले मंसिर २ गते र नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गतेसाधारण सभाको मिति तय गरेको छन् । हालसम्म सार्वजनिक भएका बैंकहरुको लाभांशमध्ये नबिल बैंकको सर्वाधिक रहेको छ भने दोस्रोमा हिमालयन बैंकको रहेको छ । नबिल बैंकले यस वर्ष ३३ दशमलव ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश पारित हुन भने बाँकी रहेको छ । त्यस्तै, दोस्रोमा सर्वाधिक लाभांश प्रस्ताव गरेको हिमालयन बैंकले पनि हालसम्म साधारण सभाको मिति तय गरेको छैन । बैंकको असोज २० गतेको सञ्चालक समितिको बैठकले २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ६२ प्रतिशत नगद लाभांश वितरणको प्रसताव गरेको हो । हालसम्म सार्वजनिक बैंकहरुमध्ये १० ओटा बैंकहरुले अघिल्लो वर्षको भन्दा गत वर्ष बढाएर लाभांश प्रस्ताव गरेका छन् । नबिल बैंकले २ दशमलव ७४ प्रतिशत, हिमालयन बैंकले ६ प्रतिशत, सानिमा बैंकले ४ दशमलव २९ प्रतिशत, नेपाल बैंकले १ प्रतिशत, प्राइम कमर्सियल बैंकले १ दशमलव ६३ प्रतिशत, सिटिजन्स बैंकले ५ प्रतिशत, नेपाल बंगलादेश बैंकले ७ दशमलव शून्य ८ प्रतिशत, माछापुच्छ्रे बैंकले ३ दशमलव ६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ दशमलव २२ प्रतिशत र प्रभु बैंकले २ दशमलव १ प्रतिशत बढी गत वर्षभन्दा यस वर्ष लाभांश वितरण गर्न लागेका हुन् । यस वर्ष लक्ष्मी बैंक र सिद्धार्थ बैंकले गत वर्षकै अनुपातमा लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी बैंकले ११ दशमलव ५ प्रतिशत र सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेका हुन् । गत वर्षभन्दा यस वर्ष नेपाल इन्भेष्टमेण्ट बैंकले २ दशमलव ५ प्रतिशत, एनआईसी एशिया बैंकले ४ दशमलव २१ प्रतिशत, एनएमबि बैंकले शून्य दशमलव ४ प्रतिशत, बैंक अफ काठमाण्डूले २ प्रतिशत, ग्लोबल आइएमई बैंकले २ दशमलव ५ प्रतिशत, मेगा बैंकले शून्य दशमलव ९८ प्रतिशत, एभरेष्ट बैंकले शून्य दशमलव २१ प्रतिशत, कुमारी बैंकले ५ दशमलव ३३ प्रतिशत र सनराइज बैंकले १ दशमलव २८ प्रतिशत कम लाभांश प्रस्ताव गरेका हुन् ।                                                            स्रोतः बैंकहरुद्वारा जारी सूचनामा आधारित

१४ बैंकको लाभांश घोषणा हुँदा हिमालयनको उच्च, औसत लाभांश १५.१७ प्रतिशत (सुचीसहित)

हालसम्म १४ वटा बाणिज्य बैंकहरुले आर्थिक वर्ष ७७/७८ को मुनाफ बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् । कार्तिक १२ गते शुक्रबार साँझसम्ममा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत २६ मध्ये १४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् । यी मध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकले गरेको छ भने सबै भन्दा कम प्रस्ताव कुमारी बैंकले गरेको छ । हिमालयन बैंकले २१.३६ प्रतिशत बोनस र ४.४६४ प्रतिशत नगद गरि कुल २६ प्रतिशत लाभाश प्रस्ताव गरेको छ भने कुमारी बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।हिमालयन बैंकपछि सानिमा बैंकको लाभांश उच्च छ । सानिमाले १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरि कुल १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै नेपाल बैंकले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि १७ प्रतिशत , सिटिजन्स बैंकले १२.९१ प्रतिशत र ३.०९ प्रतिशत नगद गरि १६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६१ प्रतिशत बोनस र ३.३९ प्रतिशत नगद गरि १६ प्रतिशत, तथा एनआईसी एसियाले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५० नगद गरि १५.५० प्रतिशत, सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस र ०.४५ प्रतिशत गरि १४.७० प्रतिशत, माछापुच्छ्रे बैंकले १२.२ प्रतिशत बोनस र ०.७० नगद गरि १४ प्रैशत, बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरि १४ प्रतिशत र ग्लोबल आईएमई बैंकले १० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद गरि १३.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि १३.०६ र एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद गरि कुल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हालसम्म घोषणा गरिएका १४ बैंकको औसत नगद लाभांश २.७१ प्रतिशत, औसत बोनस शेयर १२.४५ प्रतिशत र कुल औसत लाभांश १५.१७ प्रतिशत रहेको छ । अब कृषि विकास बैंक, सिभिल बैंक, सेन्चुरी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नबिल बैंक, एनसीसी बैंक, एनएमबि बैंक, प्राइम कमर्शियल बैंक, प्रभु बैंक र नेपाल एसबिआइ बैंकको लाभांश घोषणा हुन् बाँकि छ ।  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलेपनि लाभांश घोषणा गरेको छैन  ।  बैंकहरुले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकहरुको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।