बेलुका ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक, भदौ ८ सम्म निषेधाज्ञा जारी

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा बेलुका ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ।...

सम्बन्धित सामग्री

मकवानपुरमा भोलिबाट निजी सवारी साधन जोरबिजोर प्रणालीमा चल्न पाउने

हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमवार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मोडालिटीसहितको निषेधाज्ञा जारी गरेको छ। नयाँ मोडालिटी अनुसार मंगलवार बिहानबाट हेटौँडासहित मकवानपुर जिल्लाभर निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालनमा आउने भएका छन्। विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण न्यूनीकरणको लागि भन्दै प्रशासनले गत बैशाख २१ गतेबाट…

कास्कीमा असार ७ गते सम्मका लागि थपियो निषेधाज्ञा

जेठ ३०, कास्की । कास्कीमा पुनः ९ दिन निषेधाज्ञा अवधि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् । जिल्लामा कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि पहिलो पटक गत वैशाख १५ मा निषेधाज्ञा जारी गरिएको थियो । आजसम्म आइपुग्दा जारी लकडाउनको समय डेढ महीना कटेको छ । खेतीपातीको मौसम शुरु भएकाले आसार १ गतेदेखि लकडाउन हट्ने सर्वसाधारण अनुमान गरेको भएपनि प्रशासनले पुनः ९ दिनका लागि समय थप गरेको छ । नयाँ भेरियन्ट सहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाइ रोक्नका लागि प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञालाई पुनः ९ दिनका लागि थप गरेको हो । यसअधि पनि प्रशासनले निषेधाज्ञाको समय एक/एक साता थप गर्दै आएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीवार बसेको बैठकले थप ९ दिनका लागि निषेधाज्ञा लम्बयाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार निषेधाज्ञामा यस अघि जारी भए जस्तै अत्यावश्यक खाद्य सामग्री खरीद विक्रीका लागि बिहान ९ बजेसम्म पसल खुला रहने छन् । तोकिएको समयमा अत्यावश्यक खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन् । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरीद गर्नु पर्नेछ ।  त्यसका लागि सवारीसाधन प्रयोग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक विक्रेताले खुद्रा विक्री वितरण गर्न पाउने छैनन् । ताजा दूध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवम् संकलन केन्द्रमा पु¥याउन र विक्री वितरण गर्न पाइने व्यवस्था गरिएको छ । त्यसैगरी सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।  सार्वजनिक तथा निजी सवारी साधन असार ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ । विवाह, व्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने र एकमात्र सवारीसाधानमा ५ जना मात्र सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।  उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी, श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने जानकारी दिइएको छ ।  बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखामात्र निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लीयरिङ र विप्रेषण सेवामात्र बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने पाउने जानकारी दिइएको छ ।

सिरहामा आंशिक निषेधाज्ञा

लहान । कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा सिरहामा पनि आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि सिरहा जिल्लाभरि आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । वैशाख २३ गतेदेखि भाडाका यात्रुबाहक तथा परिचयपत्रधारी कर्मचारीबाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने […]

सिरहामा आंशिक निषेधाज्ञा

कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा सिरहामा पनि आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति डिसीसीएमसी को बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि सिरहा जिल्लाभरि आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।वैशाख २३ गतेदेखि भाडाका यात्रुबाहक तथा परिचयपत्रधारी कर्मचारी बाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने निर्णय गरेको छ । यस्तै खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ६ बजे अपराह्न ५ बजेसम्म मात्र सञ्चालन हुने निर्णय गरेको छ ।सैलुन र जिमखाना

लकडाउनमा बैंकका कर्मचारीले परिचयपत्र देखाएर हिड्न पाउने

काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गर्दै सार्वजनिक र निजी सवारी साधन चल्न रोक लगाएको छ।  बुधबारदेखि कार्यान्वयनमा आउने यो निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई भने निर्वाध हिडडुल गर्न दिइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार आफ्नो बैंक तथा वित्तीय संस्थाको परिचयपत्र देखाएर आवातजावत गर्न दिइनेछ। बैंक तथा वित्तीय क्षेत्र अत्यावश्यक सेवामा पर्छ।

निषेधाज्ञाका बेला भक्तपुरमा टिपर सञ्चालन

भक्तपुर : कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौं उपत्यकामा भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञामा सर्वसाधरणलाई अनावश्यकरुपमा हिँड्डुल समेत प्रतिबन्ध गरिएको छ।  यस्तै, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। खाद्यान्न तथा दैनिक आवश्यक वस्तु, फलफूल, तरकारी, दुध र दुग्ध पदार्थ मात्र ओसारपसार गर्न...