मकवानपुरमा भोलिबाट निजी सवारी साधन जोरबिजोर प्रणालीमा चल्न पाउने

हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमवार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मोडालिटीसहितको निषेधाज्ञा जारी गरेको छ। नयाँ मोडालिटी अनुसार मंगलवार बिहानबाट हेटौँडासहित मकवानपुर जिल्लाभर निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालनमा आउने भएका छन्। विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण न्यूनीकरणको लागि भन्दै प्रशासनले गत बैशाख २१ गतेबाट…

सम्बन्धित सामग्री

उपत्यकाको सार्वजनिक यातायातमा हट्यो जोरबिजोर प्रणाली

माघ १४, काठमाडौं । कोरोना भाइरसको तेस्रो भेरिएन्टको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणालीलाई हटाइएको छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका हुन् ।  ती जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। यो निर्णय शुक्रवार राति १२ बजेदेखि लागू हुनेछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार निजी यातायातको हकमा भने यसअघिको आदेश भने कायम रहेको छ । जसअनुसार सार्वजनिक सवारी साधनमा जोरबिजोर हटेको छ तर निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् छ । यसबाहेक अरू आदेश यसअघिकै यथावत रहेको उनले बताए।    शुक्रवार नै बसेको कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले पनि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।

सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका छन् । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । तर, निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा […]

उपत्यकाभित्र बस, टेम्पो र माइक्रोबसमा जोर बिजोर हटाउने निर्णय

काठमाडौं उपत्यका भित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको छ ।  शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् ।माघ १४ गते राति १२ बजेबाट लागू हुनेगरी सो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । निजी सवारी साधन र ट्याक्सीलाई चाहिँ जोर बिजोर प्रणाली लागू हुनेछ । दुई पां

सार्वजनिक सवारीबाट जोरबिजोर हट्ने तर निजीमा कायमै

काठमाडौँ- कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ। सिसिएमसी प्रवक्ता सुनीता नेपालका अनुसार शुक्रबारको बैठकले जोरबिजोर हटाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। ‘अहिलेका लागि सार्वजनिक सवारी साधनमा लागेको जोरबिजोर प्रणाली हटाउन सिफारिस भएको हो,’ प्रवक्ता नेपालले देशसञ्चारसँग भनिन्। निजी सवारी साधन र ट्याक्सीमा […]

उपत्यकामा माघ ७ गते मध्यरातदेखि यातायातमा जोरबिजोर लागू [सूचनासहित]

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा माघ ७ गते मध्यरातदेखि सबै किसिमको यातायातको साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार उपत्यकाका सीडीओहरूको बैठकले सो निर्णय गरेको हो । निर्णयअनुसार ललितपुर प्रशासनले एक आदेश जारी गर्दै दुई पांग्रेसहित सबै किसिमको सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने जनाएको छ । यस्तै काठमाडौँ र भक्तपुर प्रशासनले पनि सूचना जारी गरेर यसबारे जानकारी गराएका छन् ।  निर्णयानुसार जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेटका सार्वजनिक र निजी सवारी साधन चल्न पाउने छन् । य...

सेवाप्रदायक नै सेवाग्राहीको प्रतीक्षामा

सामान्य अवस्थामा सेवा लिनका लागि सेवाप्रदायकको प्रतीक्षामा लामबद्ध रहने सेवाग्राही दुई सिफ्टमा कार्यालय सञ्चालन भएपछि भने बेग्लै अवस्था देखिएको छ । अहिले सेवाप्रदायक नै सेवाग्राहीको प्रतीक्षामा बस्ने गरेका छन् । सरकारले असार १ गतेदेखि सबै सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न थालेको छ तर सार्वजनिक सवारी साधन नचलेको र निजी सवारी साधन पनि जोरबिजोर प्रणाली लागू हुँदा सेवा लिनका लागि सेवाग्राही न्यून मात्र कार्यालयमा पुग्ने गरेका छन् । त्यसमा पनि दुई सिफ्टमा कार्यालय सञ्चालन हुँदा सेवाग्राहीको पातलो मात्र उपस्थिति हुँदै आएको छ ।

नझुक्किनु होला, जोरबिजोर सवारीको आधारमा उपत्यका बाहिर जान पाइँदैन

काठमाडौँ : लकडाउन घोषणा भएको ८० दिनपछि सरकारले केही खुकुलो बनाएको छ। सङ्क्रमणको जोखिम कम भएको जिल्लामा अब निजी सवारी साधन गुड्न पाउने छन्। तर, यसमा जोरबिजोर प्रणाली लागू हुनेछ। काठमाडौँ उपत्यकाभित्र आजबाट यो नियम लागू भएको छ। आज जोर नम्बर प्लेट भएका सवारी साधनले चल्न पाउनेछन्। तर, निजी सवारी साधनले