लकडाउनमा बैंकका कर्मचारीले परिचयपत्र देखाएर हिड्न पाउने

काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गर्दै सार्वजनिक र निजी सवारी साधन चल्न रोक लगाएको छ।  बुधबारदेखि कार्यान्वयनमा आउने यो निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई भने निर्वाध हिडडुल गर्न दिइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार आफ्नो बैंक तथा वित्तीय संस्थाको परिचयपत्र देखाएर आवातजावत गर्न दिइनेछ। बैंक तथा वित्तीय क्षेत्र अत्यावश्यक सेवामा पर्छ।