काठमाडौंः शुक्रबारदेखि हलमा हिन्दी र नेपाली गरी चार नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'सिल्ली फो' र 'सम्झना बिर्सना' तथा हिन्दी फिल्म 'साबास मिठु' र 'जुदा होके भी'ले एकसाथ प्रदर्शन थालेका हुन्। निमेश प्रधानको निर्देशनमा बनेको रोमान्टिक कमेडी लभस्टोरी जनरामा बनेको फिल्म 'सम्झना बिर्सना'ले मल्टिप्लेक्समा ८ देखि १२ प्रतिशतसम्म शो पाएको छ। फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा देखिएका छन्। आकाश र पूजा बाहेक सुनील थापा र छुल