नेपाल धितोपत्र बोर्डले ब्रोकरमार्फत हुने मार्जिन कारोबार गर्ने बाटो खोलिदिएको छ । बोर्डले बिहीबार निर्देशन जारी गर्दै मार्जिन कारोबार गर्न मिल्ने केन्द्रीय निक्षेप सेवा विनियमावलीको पाँचौं संशोधनलाई स्वीकृति दिएपछि ब्रोकरमार्फत हुने मार्जिन कारोबार गर्ने बाटो खुलेको हो । मार्जिन कारोवार सुविधा सञ्चालनमा आइ धितोपत्र बजारको दायरा बृद्धि हुने तथा कारोवारमा समेत विस्तार भइ धितोपत्र बजार थप चलायमान हुने बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।