नासा सेक्यूरिटिजमा २५ लाखसम्मको मार्जिन कारोबार सुविधा

काठमाडौं । नासा सेक्यूरिटिजले मार्जिन कारोबार सुविधाको सीमा बढाएररू. २५ लाख पुर्‍याएको छ ।  यसअघि रू. १० लाखसम्मको मार्जिन कारोबार सुविधा प्रदान गर्दै आएको नासाले एउटै लगानीकर्तालाई २५ लाख रूपैयाँसम्म मार्जिन कर्जा प्रदान गर्ने भएको हो । गत कात्तिक ३ गतेदेखि मार्जिन कारोबार सेवा प्रदान गर्दै आएको नासाले दुई योजना थप गर्दै मार्जिन कर्जाको सीमा बढाएको हो । उक्त दुई योजनाअन्तर्गत रहेर लगानीकर्ताहरूले रू. २५ लाखसम्मको कारोबार गर्न सक्ने नासाको भनाइ छ । रू. २५ लाखसम्मको कारोबार गर्ने लगानीकर्ताले ४० प्रतिशत रकम भुक्तान गरी ३० दिनसम्म रकम चलाउन पाउनेछन् । ३० दिनकोलागि रू. २५ लाखरकम चलाएबापत सेवाग्राहीले २४ हजार ५५५ रुपैयाँ सेवा शुल्क बुझाउनुपर्नेछ । साथै रू. २५ लाख नै ५८ दिनको लागि चलाउने सेवाग्राहीले ४९ हजार ९५५ रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने नासाको भनाइ छ । नासाले यसअघिका दुई योजनाको सेवा शुल्क भने घटाएको छ । ३० दिनको योजनामा ४ दशमलव ४४ प्रतिशत र ५८ दिने योजनामा ७ दशमलव १३ प्रतिशत शुल्क घटाएको जानकारी नासाले दिएको छ । यसअघिको पहिलो योजनाअन्तर्गत रू. १० लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशतमात्र नगद राखी कारोबार गर्न पाउने सुविधा थियो ।  यस योजनाको लागि नासाले ३० दिनको अवधि तोकेको थियो । यस योजनाको लागि यसअघि सेवा शुल्क र ब्याजसहित जम्मा रू. ९ हजार ९९९ लाग्नेमा अब भनेसेवा शुल्क र ब्याजसहितरू.९ हजार ५५५ मात्रलाग्ने भएको छ । नासाबाट प्रदान हुने सबैखाले मार्जिन कारोबार सुविधा लिन चाहने लगानीकर्ताले निवेदन दिएको ५८ मिनेटमै सेवा पाउनेजानकारी दिइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २०७५ सालमै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ जारी गरेको थियो । सो समयमा दुई दर्जन कम्पनीले मार्जिन कारोबार सुविधा प्रदान गर्नका लागि स्वीकृति प्राप्त गरे पनि कार्यविधिका केही बुँदाहरूले व्यावहारिक कठिनाइ भएको भन्दै लागू हुन सकेको थिएन ।  नेप्सेले ब्रोकरहरूको मागबमोजिम आवश्यक बुँदाहरू संशोधन गरी गत वैशाख १४ गतेदेखि कार्यविधि लागू गरेको हो । हाल नासा सेक्यूरिटिजले मात्र मार्जिन कारोबार सुविधा प्रदान गरिरहेको छ । नेप्सेले संशोधन गरेको कार्यविधिअनुसार लगानीकर्ताहरूले ब्रोकरमार्फत ७० प्रतिशत कर्जा पाउनेछन् । यसअघि ५० प्रतिशतसम्म मात्र पाउने व्यवस्था थियो ।  संशोधित व्यवस्थाअनुसार लगानीकर्ताहरूले शेयर धितो राख्दा ३० प्रतिशत रकम वा सो मूल्य बराबरको शेयर धितो राखे पुग्ने भएको छ । लगानीकर्ताहरूले मार्जिन कर्जाको लागि धितो राखेको शेयरको मूल्यांकन गर्दा १२० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसैको आधारमा कर्जा दिन सकिने व्यवस्था भएको छ ।  यसअघि १८० दिनको औसत मूल्यको आधारमा धितो राखेको शेयरको मूल्यांकन गर्नुपर्ने व्यवस्था थियो ।लगानीकर्ताहरूले प्रत्येक दिन कम्तीमा मार्जिन रकम २० प्रतिशत बराबर कायम गर्नुपर्नेछ । शेयर धितोको मूल्य २० प्रतिशतभन्दा कम हुन गएमा ब्रोकरले रकम थप्न मार्जिन कल गर्न सक्नेछन् ।

सम्बन्धित सामग्री

मार्जिन कारोबार सुविधा नाममै सीमित

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले प्रदान गर्ने मार्जिन कारोबार सुविधा नाममा मात्र सीमित भएको छ । २०७५ सालमै धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि बनाई लागू गरेको थियो । लगानीकर्तालाई थप सुविधा दिने उद्देश्यले करीब दुई दर्जन ब्रोकर कम्पनीले मार्जिन कारोबारको स्वीकृति लिएका छन् । तर, हाल कुनै पनि कम्पनीले उक्त सेवा प्रदान गरेका छैनन् । शुरुआती दिनमा फन्डलगायत प्राविधिक कारणले यो सेवा प्रदान गर्न नसकेको भन्दै कार्यविधिमा केही थप व्यवस्था गर्न ब्रोकरहरूले माग गरेका थिए । लाइसेन्स लिएकामध्ये एक कम्पनीले मात्र केही समय लगानीकर्तालाई यो सुविधा दिएको थियो ।  ५८ नम्बरको ब्रोकर नासा सेक्युरिटिज कम्पनी लिमिटेडले मार्जिन कारोबार सेवा शुरू गरे पनि अहिले फन्डको अभावमा बन्द गरेको बताएको छ । नासाका प्रबन्ध सञ्चालक मदन पौडेलले फन्डकै अभावमा मार्जिन कारोबार सुविधालाई निरन्तरता दिन नसकेको जानकारी दिए । सय जनाभन्दा बढीलाई सेवा प्रदान गरेको नासाले पछिल्लो समय यो सेवा बन्द गरेको पौडेलको भनाइ छ ।  ब्रोकरहरूले आफ्नो फन्डसँगै वाणिज्य बैंकबाट ऋण लिएर दिन सक्ने यो सुविधा व्यावहारिक रूपमा कठिन भएको पौडेलको भनाइ छ । बैंक, वित्तीय संस्थाबाट ब्रोकरले आफ्नो पोर्टफोलियो धितो राखेर मात्र कर्जा पाउने भएकाले समस्या भएको पौडेलले बताए । मार्जिन कारोबार सुविधा लिएका ग्राहकको पोर्टफोलियोसमेत धितो राखेर ब्रोकरले कर्जा पाउने सुविधा भए फन्ड जुटाउन सहज हुने उनको भनाइ छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि ब्रोकरले आवश्यक फन्ड जुटाउन सहज नभएको गुनासो उनले गरे ।  मार्जिन कारोबारका लागि सदस्यता प्रदान गर्ने नेप्सेका सूचना अधिकारी मुराहरि पराजुली यो सुविधाका लागि मुख्य समस्या भनेको कस्ट अफ फन्ड (पूँजीको लागत) रहेको बताउँछन् । कस्ट अफ फन्ड बढी हुँदा मार्जिन कारोबार सुविधाका लागि बजारमा मागसमेत कम रहेको बुझाइ पराजुलीको छ । ब्रोकरहरूले आफ्नो स्रोतबाट नपुगे वाणिज्य बैंकबाट ऋण लिएर यो सेवा दिँदा ब्याज र सेवा शुल्क बढी हुन जाने भएकाले यो सेवा प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको हुन सक्ने पराजुली बताउँछन् । नेप्सेले २०७५ सालमै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ जारी गरेको थियो ।  उक्त समयमा दुई दर्जन कम्पनीले मार्जिन कारोबार सुविधा प्रदान गर्न स्वीकृति प्राप्त गरे पनि कार्यविधिका केही बुँदाले व्यावहारिक कठिनाइ भएको भन्दै लागू हुन सकेको थिएन । नेप्सेले ब्रोकरको मागबमोजिम आवश्यक बुँदा संशोधन गरी २०७९ साल वैशाख १५ गतेदेखि कार्यविधि लागू गरेको हो ।  बोर्डले संशोधन गरेको कार्यविधिअनुसार लगानीकर्ताले ब्रोकरमार्फत ७० प्रतिशत कर्जा पाउनेछन् । यसअघि ५० प्रतिशतसम्म मात्र पाउने व्यवस्था थियो । संशोधित व्यवस्थाअनुसार लगानीकर्ताले शेयर धितो राख्दा ३० प्रतिशत रकम वा त्यो मूल्य बराबरको शेयर धितो राखे पुग्ने भएको हो ।  लगानीकर्ताले मार्जिन कर्जाका लागि धितो राखेको शेयरको मूल्यांकन गर्दा १२० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसैको आधारमा कर्जा दिन सकिने व्यवस्था छ । यसअघि १८० दिनको औसत मूल्यको आधारमा धितो राखेको शेयरको मूल्यांकन गर्नुपर्ने व्यवस्था थियो । लगानीकर्ताले प्रत्येक दिन कम्तीमा मार्जिन रकम २० प्रतिशत बराबर कायम गर्नुपर्नेछ । शेयर धितोको मूल्य २० प्रतिशतभन्दा कम हुन गएमा ब्रोकरले रकम थप्न मार्जिन कल गर्न सक्छ ।

सेयरमा मार्जिन कारोबार असफल

२० फागुन, काठमाडौं । ब्रोकर कम्पनीबाटै केही रकम सापटीका रूपमा लिएर सेयर खरिद गर्नु नै मार्जिन कारोबार हो । मार्जिन कारोबार गर्न धितोपत्र बोर्डले २०७४ कात्तिकमै निर्देशन जारी गरेको थियो । निर्देशनअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५’ बनाइ लागू पनि गर्‍यो । यिनै व्यवस्था अनुसार नासा सेक्युरिटिज (ब्रोकर नम्बर […]

मार्जिन कारोबार सुविधा दिने पहिलो ब्रोकर बन्यो नासा सेक्युरिटिज

काठमाडौं । नासा सेक्यूरिटीज कम्पनी (स्टक ब्रोकर नंम्बर ५८) ले नेपालमै पहिलोपटक लगानीकर्ताले सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्न सक्ने मार्जिन कारोबार सुविधा प्रदान गर्न गरेको छ ।  नेपाल स्टक एक्सचेञ्जले २०७५ सालमा मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ जारी गरेपछि लगानीकर्तालाई औपचारिक रूपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्युरिटिज पहिलो...

नासा सेक्युरिटिजले सुरु गर्‍यो मार्जिन कारोबार सुविधा

३ कात्तिक, काठमाडौं । स्टक ब्रोकर नम्बर (५८) नासा सेक्युरिटिजले मार्जिन कारोबार सुविधा सुरु गरेको छ । २०७५ मै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि लागु भएपनि उक्त कार्यविधि समयसापेक्ष नहुँदा मार्जिन कारोबार सुरु गर्न नसकेको ब्रोकरले बताएका थिए । त्यसपछि उक्त कार्यविधि संशोधनका लागि नेप्सेले सिफारिस गरेर संशोधन भएर १५ वैशाखमा २०७९ मा संशोधित व्यवस्था कार्यान्वयनमा […]