मार्जिन कारोबार गर्न एक सय १२ कम्पनी योग्य

मार्जिन कारोबार गर्न सक्ने कम्पनीको संख्या एक सय १२ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार गर्न योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको हो । जसमा १९ वाणिज्य बैंक, आठ...

सम्बन्धित सामग्री

मार्जिन कारोबार सुविधा नाममै सीमित

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले प्रदान गर्ने मार्जिन कारोबार सुविधा नाममा मात्र सीमित भएको छ । २०७५ सालमै धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि बनाई लागू गरेको थियो । लगानीकर्तालाई थप सुविधा दिने उद्देश्यले करीब दुई दर्जन ब्रोकर कम्पनीले मार्जिन कारोबारको स्वीकृति लिएका छन् । तर, हाल कुनै पनि कम्पनीले उक्त सेवा प्रदान गरेका छैनन् । शुरुआती दिनमा फन्डलगायत प्राविधिक कारणले यो सेवा प्रदान गर्न नसकेको भन्दै कार्यविधिमा केही थप व्यवस्था गर्न ब्रोकरहरूले माग गरेका थिए । लाइसेन्स लिएकामध्ये एक कम्पनीले मात्र केही समय लगानीकर्तालाई यो सुविधा दिएको थियो ।  ५८ नम्बरको ब्रोकर नासा सेक्युरिटिज कम्पनी लिमिटेडले मार्जिन कारोबार सेवा शुरू गरे पनि अहिले फन्डको अभावमा बन्द गरेको बताएको छ । नासाका प्रबन्ध सञ्चालक मदन पौडेलले फन्डकै अभावमा मार्जिन कारोबार सुविधालाई निरन्तरता दिन नसकेको जानकारी दिए । सय जनाभन्दा बढीलाई सेवा प्रदान गरेको नासाले पछिल्लो समय यो सेवा बन्द गरेको पौडेलको भनाइ छ ।  ब्रोकरहरूले आफ्नो फन्डसँगै वाणिज्य बैंकबाट ऋण लिएर दिन सक्ने यो सुविधा व्यावहारिक रूपमा कठिन भएको पौडेलको भनाइ छ । बैंक, वित्तीय संस्थाबाट ब्रोकरले आफ्नो पोर्टफोलियो धितो राखेर मात्र कर्जा पाउने भएकाले समस्या भएको पौडेलले बताए । मार्जिन कारोबार सुविधा लिएका ग्राहकको पोर्टफोलियोसमेत धितो राखेर ब्रोकरले कर्जा पाउने सुविधा भए फन्ड जुटाउन सहज हुने उनको भनाइ छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि ब्रोकरले आवश्यक फन्ड जुटाउन सहज नभएको गुनासो उनले गरे ।  मार्जिन कारोबारका लागि सदस्यता प्रदान गर्ने नेप्सेका सूचना अधिकारी मुराहरि पराजुली यो सुविधाका लागि मुख्य समस्या भनेको कस्ट अफ फन्ड (पूँजीको लागत) रहेको बताउँछन् । कस्ट अफ फन्ड बढी हुँदा मार्जिन कारोबार सुविधाका लागि बजारमा मागसमेत कम रहेको बुझाइ पराजुलीको छ । ब्रोकरहरूले आफ्नो स्रोतबाट नपुगे वाणिज्य बैंकबाट ऋण लिएर यो सेवा दिँदा ब्याज र सेवा शुल्क बढी हुन जाने भएकाले यो सेवा प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको हुन सक्ने पराजुली बताउँछन् । नेप्सेले २०७५ सालमै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ जारी गरेको थियो ।  उक्त समयमा दुई दर्जन कम्पनीले मार्जिन कारोबार सुविधा प्रदान गर्न स्वीकृति प्राप्त गरे पनि कार्यविधिका केही बुँदाले व्यावहारिक कठिनाइ भएको भन्दै लागू हुन सकेको थिएन । नेप्सेले ब्रोकरको मागबमोजिम आवश्यक बुँदा संशोधन गरी २०७९ साल वैशाख १५ गतेदेखि कार्यविधि लागू गरेको हो ।  बोर्डले संशोधन गरेको कार्यविधिअनुसार लगानीकर्ताले ब्रोकरमार्फत ७० प्रतिशत कर्जा पाउनेछन् । यसअघि ५० प्रतिशतसम्म मात्र पाउने व्यवस्था थियो । संशोधित व्यवस्थाअनुसार लगानीकर्ताले शेयर धितो राख्दा ३० प्रतिशत रकम वा त्यो मूल्य बराबरको शेयर धितो राखे पुग्ने भएको हो ।  लगानीकर्ताले मार्जिन कर्जाका लागि धितो राखेको शेयरको मूल्यांकन गर्दा १२० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसैको आधारमा कर्जा दिन सकिने व्यवस्था छ । यसअघि १८० दिनको औसत मूल्यको आधारमा धितो राखेको शेयरको मूल्यांकन गर्नुपर्ने व्यवस्था थियो । लगानीकर्ताले प्रत्येक दिन कम्तीमा मार्जिन रकम २० प्रतिशत बराबर कायम गर्नुपर्नेछ । शेयर धितोको मूल्य २० प्रतिशतभन्दा कम हुन गएमा ब्रोकरले रकम थप्न मार्जिन कल गर्न सक्छ ।

मार्जिन कारोबार गर्न ८७ कम्पनी योग्य तर, कार्यान्वयनमा ढिलाइ

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले ८७ कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ । नेप्सेमा सूचीकृत दुई सय २४ कम्पनीमध्ये ८७ कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य देखिएका हुन् ।...

संशोधित मार्जिन कारोबार सुविधा कार्यान्वयनमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले मार्जिन कारोबार सुविधालाई संशोधन गरेको छ । योसँगै ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा लिन सकिने भएको छ । २ वर्षअघि नै आएको मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि (प्रथम संशोधन)-२०७७ धितोपत्र बोर्डको निर्देशन पछि लागू भएको हो । प्रथम संशोधन कार्यविधिअनुसार ब्रोकरले सूचीकृत संस्थाको सेयरको १ सय २० दिनको औषत मूल्य वा बजार […]