काठमाण्डाै - नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको दाबी गर्नु भएकाे छ ।
उहाँले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरुसँग कुनै पदका लागि नभइ वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा छलफल गर्न भेट गरेकाे बताउनु भएकाे हाे ।
उहाँले भन्नुभयो, ‘मेरो कुनै अपेक्षा छैन, अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ ड्राइभ दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार...