नुवाकोट २ मा कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित,  एमाले तेस्रो

१० मंसिर, काठमाडौं । नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डेले १६ हजार ४७७ मत पाएर दोस्रो भए […]

सम्बन्धित सामग्री

नुवाकोट १ मा माओवादीका हितबहादुर तामाङ विजयी

नुवाकोट १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । उनले एमालेका बद्री मैनालीलाई २ हजार बढी मतान्तरका साथ विजय हासिल गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । यस्तै क्षेत्र नम्बर २ मा कांग्रेसका नेता अर्जुन नरसिंह केसी भारी मतान्तरका साथ विजयतर्फ रहेका छन् ।

नुवाकोट २ मा अर्जुन नरसिंह केसीको जीत सुनिश्चित

नुवाकोट क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसी विजयी बन्ने निश्चित भएको छ । करिब १२ हजार मत गन्न बाँकी रहँदा केसीले १० हजार १२५ मतको अग्रता बनाएका छन् ।हाल मतगणना भइरहेको क्षेत्रमा पनि केसीको बलियो पकड रहेकाले उनले फराकिलो मतान्तरका साथ विजय हाँसिल गर्ने निश्चित भएको हो ।हालसम्म ५४ हजार ७०० मत गणना सकिँदा केसीले २३ हजार ६१८ मत पाएका छन् भने एमालेका नारायण खतिवडाले १३ हजार ४९३ मत पाएका छन्।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले १२ हजार ६६२ मत पाएका छन् ।

नुवाकोट २ मा नेपाली कांग्रेसका केसी दोब्बर मतले अगाडि

नुवाकोट क्षेत्र नं. २ मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी फराकिलो मतान्तरले अगाडि रहेका छन् । प्रतिनिधि सभातर्फको कुल ४७६६ मत गणना हुँदा केसीले २३५९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायण खतिवडाले हालसम्म ११२४ मत पाएका छन् । तेस्रो स्थानमा भने राष्ट्रिय स्...

नुवाकोटमा कांग्रेस नेता महत र केसीका परिवारै पराजित

२४ मंसिर, नुवाकोट । नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरु डा.रामशरण महत र अर्जुन नरसिंह केसी नुवाकोटबाट भारी मतान्तरले पराजित भएका छन् । नुवाकोटमा कांग्रेसका हेबीवेट नेताहरुले मात्रै हारेका छैनन्, लामोसमयदेखि रहँदै आएको 'परिवारवाद' समेत ढलेको छ । नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता हितवहादुर तामाङ ३६ हजार ४७३ मत …

नुवाकोट क्षेत्र नं-२ मा कांग्रेसका अर्जुन नरसिंह केसी पराजित - Naya Patrika

नुवाकोट क्षेत्र नम्बर २ मा एमालेका नारायण खतिवडा विजयी भएका छन् । खतिवडाले ३६८९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले २६३३५...पूरा पढ्नुहोस् »

डा.रामशरण महत र अर्जुन नरसिंह केसी दुवै हार नजिक

नेपाली काँग्रेसका दुई ठूला नेता नुवाकोटबाट पराजित हुने देखिएको छ। पछिल्लो परिणाममा नुवाकोट १ र २ का काँग्रेस उम्मेदवारहरु डा.रामशरण महत र अर्जुन नरसिंह केसीलाई बाम गठबन्धनका उम्मेदवारले फराकिलो अन्तरले पछि छोडेका छन्।

नुवाकोटमा कांग्रेसका महत ४ सय मतले अगाडि, केसी २ सय मतले पछाडि

नेपाली कांग्रेसबाट नुवाकोट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार अर्जुन नरसिंह केसी २ सय बढी मतले पछि परेका छन्। प्राप्त पछिल्लो मत परिणाममा केसीले ६७९ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका नारायणप्रसाद खतिवडाले ८८८ मत ल्याएका छन्। नुवाकोट क्षेत्र नम्बर- १ मा भने कांग्रेसका उम्मेदवार रामशरण महत १४११ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी नेकपा…