सभापतिमा आफ्नो पक्षको साझा उम्मेदवार तय गर्न नेता पौडेलले डाके बैठक

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षबाट एकल उम्मेदवार तय गर्नका लागि बैठक बोलाएका छन्। बैठक दिउँसो १ बजे पौडेल निवासमा बस्ने बताइएको छ। बैठकमा महामन्त्री डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल लगायत सहभागी हुने बताइएको छ। काँग्रेसको १४ औँ महाधिवेशनका लागि सभापतिमा उपसभापति विमलेन्द्र […]

सम्बन्धित सामग्री

पौडेल पक्षको बैठकस्थलबाहिर कार्यकर्ताको नाराबाजी

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन कार्यक्रम सुरु हुँदै गर्दा रामचन्द्र पौडेल पक्ष सभापतिको साझा उम्मेदवार तय गर्न छलफलमा व्यस्त छ । शनिबार राति अबेरसम्म पौडेल पक्षको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ । यसैबीच फुडल्याण्डअघि कार्यकर्ताहरूले सहमतिको दवाव दिँदै नाराबाजी गरिरहेका छन् । उनीहरुले सहमतिमा सभापति र पदाधिकारीको उम्मेदवार तय गर्न दवाव दिँदै नाराबाजी गरिरहेका हुन्।

कांग्रेसमा संस्थापन इतर समूहको छलफल निष्कर्ष बिहीन

काठमाडौँ – नयाँ नेतृत्वका लागि दाबेदारी दिन आफ्नो पक्षका साझा उम्मेदवार तय गर्नका लागि नेपाली कांग्रेसको संस्थापन इतर नेता रामचन्द्र पौडेल पक्षको छलफल निष्कर्ष बिहीन भएको छ। गौशालाको अनुपम फुडल्याण्डमा पौडेलले आफू पक्षीय नेताहरुसँग छलफल गरेका थिए । पौडेल पक्षका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा क्षेत्रीय सभापतिहरुले सहमतिमा उम्मेदवार तय गर्न सुझाव दिएका छन् […]

सभापतिको साझा उम्मेदवार छान्न कांग्रेस संस्थापनइतर पक्षको बैठक शुरू

शुक्रवार शुरू हुने पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक बसिरहेको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा पौडेल पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरूको बैठक बसिरहेको हो ।  सोमवार नेता पौडेल र मंगलवार प्रकाशमान सिंहको निवासमा भएको बैठकमा साझा उम्मेदवारबारे सहमति जुट्न नसकेपछि बुधवार पुनः बैठक बसेको हो ।  हिजोको बैठकमा महामन्त्री शशांक कोइरालाले सभापतिको प्रतिस्पर्धा...

सभापतिमा संस्थापन इतर सहमतिनजिक

महाधिवेशन सुरु हुनु तीन दिनअघि मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको इतर पक्षको बैठक साझा उम्मेदवार तय गर्न सहमतिनजिक पुगेको दाबी नेताहरूले गरेका हुन्।...

पौडेल पक्षको बैठक चलिरहँदा साझा उम्मेदवार तय गर्न युवाहरुको दबाब

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन आउन दुई दिनमात्र बाँकी रहँदा सभापति शेरबहादुर देउवाको प्रतिस्पर्धी को हुने भन्ने वरिष्ठ नेता पौडेल समूहमा टुंगो लागेको छैन। पौडेल समूहमा पौडेलसहित ४ जना सभापतिका आकांक्षी छन् । मंगलबार साझा उम्मेदवार बारे छलफल गर्न पौडेल पक्षका नेताहरुको बैठक पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसिरहेको छ । भित्र नेताहरुको बैठक चलिरहँदा […]

सभापतिको साझा उम्मेदवार खोज्दै कांग्रेस संस्थापनइतर पक्ष, चाक्सीबारीमा छलफल

पार्टीको १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक शुरू भएको छ । सभापतिमा उठ्ने तयारी गरेका चार नेतासहित संस्थापन इतरका प्रभावशाली नेताहरू छलफलमा जुटेका हुन् । ठमेल चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा शुरू भएको बैठकमा सिंहका अलावा सभापतिका आकांक्षीहरू शेखर कोइराला, रामचन्द्र पौडेल, शशांक कोइराला सहभागी छन् । यसका अलावा रामशरण महत, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरुङ, सीतादेवी यादवलगायत नेता पनि बैठकमा सहभागी छन् ।   सोमवार ...

काँग्रेसका ४ नेताको बैठकले साझा उम्मेदवार तय गर्न सकेन

नेपाली काँग्रेसको संस्थापन इतर पक्षको बैठकमा साझा उम्मेदवार चयन गर्नेबारे छलफल भएपनि सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।  संस्थापनइतर समूहका चार प्रभावशाली नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइराला १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्नका लागि छलफलमा जुटेपनि सहमति जुट्न नसकेको हो । रामचन्द्र पौडेल निवास बोहोराटारमा सोमबार साँझ भएको छलफलमा चारै नेताले सहमतिको कुरा गरेपनि ठोस सहमति नभएको बताइएको छ । बैठकमा महामन्त्री समेत रहेका डा शशांक कोइरालाले आफ्नो पक्षमा माहोल र...