शिक्षा आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकलगायत समग्र विकासको मेरुदण्ड भएकाले यसको विकासमा जोड दिनुपर्छ । सन् २०१९ मा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण शिक्षा सबैभन्दा ज्यादा प्रभावित बन्न पुग्यो । यसले केही मात्रामा प्रविधिमा अभ्यस्त त बनायो तर किताब पढ्ने बानी हटाइदियो । हिजो मोबाइल नचलाऊ भन्दै खोसेर राख्ने आम अभिभावकले ल नानी, ल बाबु […]