शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकै पटकमा गर्न थालिएको बताए । आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणासम्बन्धी तालिम शुभारम्भ गर्दै उनले शिक्षामा भौतिक पूर्वाधार, शैक्षिक क्रियाकलाप तथा शिक्षासम्बन्धी कानुन तथा नीतिगत सुधारको कार्य एकैपटक गर्न थालिएको बताएका हुन् । मन्त्री पौडेलले नेपालका सबै पालिकामा एक–एक प्राविधिक विद्यालय स्थापना गर्ने र सातै प