फलफूलका बिरुवा रोपेका किसानलाई हिमपातले राहत

सिमकोट– हिमपातले स्याउका बिरुवा रोपिएका नर्सरीलाई राहत पुगेको हो। कलमी गर्ने समय भएको र लामो समय खडेरीले सुक्ने डर भएका बेला हिमपातले नर्सरीमा लगाएका बिरुवालाई राहत पुगेको हो। तीन हजार पाँच सय बोटको स्याउ नर्सरी स्थापना गरेका सिमकोट गाउँपालिका–५ का गगन रोकायाले हिमपातले बिरुवा हुर्कन सहयोग पुगेको बताए। नर्सरीमा हुर्केका बिरुवालाई स्याउको कलमी गर्ने समयमा […]

सम्बन्धित सामग्री

यातायात सहज नहुँदा कृषकको करोडौंको लगानी संकटमा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर ७ करोड लगानी गरी सञ्चालन गरेको कृषि फार्म यतिबेला सुनसान छ । अघिल्ला वर्षहरूमा यो समय उनीहरूलाई कामको चटारो पर्ने गथ्र्यो । किवी रोप्ने, आलु खन्ने, गोलभेँडा, सागजस्ता नगदेबाली लगाउन व्यस्त रहने कृषक अहिले हात बाँधेर बसिरहेका छन् । ‘५०० रोपनी जग्गामा फैलिएको हाम्रो फार्मले किवी खेतीलाई प्राथमिकता दिएको थियो, परिस्थिति सहज भएको भए हामी अहिले किवी रोप्ने र त्यसको स्याहार सुसारमा व्यस्त हुन्थ्यौं,’ हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक लाक्पा लामाले भने, ‘आलु खन्ने, साग, गोलभेँडा लगाउने काम हुन्थ्यो । यो वर्ष केही गरिएको छैन ।’ गत असार १ गते आएको बाढीले हेलम्बु–मेलम्ची क्षेत्रलाई तहसनहस बनाएपछि सो क्षेत्रको कृषि व्यवसाय ठप्पप्रायः छ । बाढीका कारण ककनीसम्म जोडिएको सडक अवरुद्ध भई यातायात सेवा सहज हुन नसकेकाले यो वर्ष फार्ममा बाली लगाउन नसकिएको लामाले बताए । बाढीपछि फार्ममा उत्पादन भएको तरकारी बेच्न नपाएको र कुहिएर गएको उनले बताए । बाढीअघिको वैशाखमा परेको असिनाले आधाभन्दा बढी किवीका बिरुवा समेत नष्ट भएको उनले सुनाए । ‘शुरुआतमा हामीले २०० ओटा किवीका बिरुवा रोपेका थियौं’, उनले भने, ‘किवी राम्रो हुँदै गएपछि त्यसलाई बढायौं । तर वैशाखमा परेको असिनाले किवीको बिरुवालाई असर पुर्‍यायो । अहिले ३०० हाराहारीमा मात्रै किवी होलान् ।’ केही प्रकोप नभए अर्काे वर्षदेखि किवीले पनि फल दिने र यातायात पनि सहज हुने आशा उनले गरेका छन् । शुरुआती चरणमा लाक्पा र उनको समूहले करीब ५०० रोपनीमा खेती शुरू गरेका हुन् । उनीहरूले ५०० वर्गमीटरको ग्रीन हाउस र १८ ओटा टनेल बनाएर खेती गरेका थिए । अनुभवको कमीको पहिलो वर्ष भने खेतीबाट घाटा लागेको लाक्पाले बताए । ‘नयाँ माटो र मलको उचित प्रबन्ध गर्न नसक्दा र नजान्दा पहिलो वर्ष लगानी पनि उठेन’, त्यसपछि कोरोना महामारी, असिना पानी, बाढी पहिरोले हामी पूरै घाटामा छौं ।’ उनीहरूले फार्ममा बालीनालीको रेखदेखका लागि एक जना जेटिए नै राखेका थिए । नियमित रूपमा ६ जनालाई र आवश्यकता अनुसार ४०–५० जनालाई रोजगारी दिएका थिए । फार्ममा स्थानीय विद्यालयका विद्यार्थीलाई पनि संलग्न गराउँदै आएका थिए । गाउँका युवा विदेशिने गरेको र कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र हेलम्बु सुनसान हुन थालेपछि सामूहिक खेती गरी आन्तरिक पर्यटक भित्त्याउने अभियानस्वरूप कृषि शुरू गरिएको उनीहरूको भनाइ छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न अग्र्यानिक कृषिसँगै रिसोर्ट समेत सञ्चालनको तयारीमा रहेका उनीहरू हेलम्बु–मेलम्ची बाढीपछि के गर्ने/नगर्ने भन्ने दोधारमा छन् । ‘हामीले कृषिसँगै पर्यटकलाई आकर्षित गर्न रिसोर्ट पनि सञ्चालन गर्न लागेका थियौं । संरचनाहरू पनि बन्दै थिए, तर अहिले त्यो योजना पूरा गर्न पाएका छैनौं,’ लामाले भने, ‘मुख्यतः यातायात सहज भइदिए हामी पुनः यो काम शुरू गर्ने थियौं ।’ सरकारले बाढीले बिगारेको सडक तत्काल बनाइदिए र भत्किएका पुलहरूको पुनर्निर्माण गरे करोडौं लगानी गरेका आफूहरू जस्ता किसानलाई राहत पुग्ने उनले बताए । स्थानीय सरकारले पनि केही गर्छौं भनेर कृषि क्षेत्रमा लागेका आफूहरू जस्ता कृषकलाई महत्त्व नदिएको उनको गुनासो छ । ‘यत्रो विपद् प¥यो, हामीले गरेको यत्रो लगानी डुब्ने खतरामा छ ।

यातायात सहज नहुँदा हेलम्बुका कृषकको करोडौंको लगानी डुब्दै

फागुन १६, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा ४ वर्ष अगाडी स्थानीय ५ जना युवा कृषक मिलेर ५०० रोपनी जग्गामा ७ करोड लगानी गरी सञ्चालन गरेको कृषि फार्म यतिखेर सुनसान छ । अघिल्लो वर्षहरुमा यो समय उनीहरुलाई कामको चटारो पर्ने गर्थ्यो । किवी रोप्ने, आलु खन्ने, गोलभेडा, सागजस्ता नगदेवाली रोप्न व्यस्त रहने कृषकहरु अहिले हात बाँधेर बसिरहेका छन् । ‘हाम्रो फर्मले किवी खेतीलाई प्राथमिकता दिएको थियो, परिस्थिति सहज भएको भए हामी अहिले किवी रोप्ने र त्यसको स्याहार सुसारमा व्यस्त हुन्थ्यौं’, हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक लाक्पा लामाले भने ‘आलु खन्ने, साग, गोलभेडा लगाउने काम हुन्थ्यो । यो वर्ष केहि गरिएको छैन ।’ गएको असार १ गते आएको बाढीले हेलम्बु–मेलम्ची क्षेत्रलाई तहसनहस बनाएपछि सो क्षेत्रको कृषि व्यवसाय प्रायः ठप्प छ । बाढीका कारण ककनीसम्म जोडिएको सडक अबरुद्ध भई यातायात सेवा सहज हुन नसकेको कारण यो वर्ष फर्ममा बाली लगाउन नसकिएको लामाले बताए । ‘बाटो छैन, फर्ममा उत्पादन भएको तरकारीहरु बेच्न सकिएन । गाउँमा कति पो बेच्नु । अघिल्लो पटक पूरै घाटा भयो ।  त्यहि भएर सडक सञ्जाल नजोडिएसम्म खेती नगर्ने विचार गरेका छौं,’ उनले भने । बाढीपछि फार्ममा उत्पादन भएको तरकारीहरु बेच्न नपाएको र फार्ममा नै कुहिएर गएको उनले बताए । ‘आलु, गोलभेडाहरु अलिअलि गाउँमै बेचियो, अरु त कुहिएर खेर गयो’, उनले भने ‘एकै पटक ठूलो मात्रामा घाटा भयो ।’ बाढी अघिको वैशाखमा परेको असिनाले आधिभन्दा बढी किवीका बिरुवा समेत नष्ट भएको उनले बताए । ‘सुरुवातमा हामीले २०० ओटा किवीका विरुवा रोपेका थियौं’, उनले भने ‘किवी राम्रो हुँदै गएपछि त्यसलाई बढायौं । तर वैशाखमा परेको असिनाले किवीको बिरुवालाई असर पु¥यायो । अहिले ३०० को हाराहारीमा मात्रै किवी होलान् ।’ केहि प्रकोप नभए अर्को वर्षदेखि किवीले पनि फल दिने र यातायात पनि सहज हुनेमा उनी आशावादी छन् । ‘अब केहि नभए अर्को साल किवीले पनि फल दिनेछ, यातायात पनि सहज होला’, उनले भने ‘त्यसपछि हामी पुनः फर्मलाई गति दिनेछौं । अहिले दुःख गर्‍यो, उत्पादन भएका तरकारी, फलफुल विक्री गर्न मुस्किल छ, खेरै फाल्न त किन दुःख गर्नु भनेर यसपाली केहि गरिएन ।’ दुःख गरी कमाएको रकम फार्ममा लगानी गरेको कारण त्यो पनि डुब्ला कि भन्ने उनीहरुलाई चिन्ता भएको लामाले बताए । सुरुवाती चरणमा लाक्पा र उनको समूहले करीब ५०० रोपनीमा खेती शुरु गरेका हुन् । ५०० वर्ग मीटरको ग्रीन हाउस र १८ ओटा टनेल निर्माण खेति गरेका थिए । अनुभवको कमीको पहिलो वर्ष भने खेतीबाट घाटा लागेको बताउँदै लाक्पा भन्छन् ‘नयाँ माटो र मलको उचित प्रवन्ध गर्न नसक्दा र नजान्दा पहिलो वर्ष लगानी पनि उठेन’, त्यसपछि कोरोना माहामारी, असिना पानी, बाढी पहिरोले हामी त पुरै घाटामा छौं ।’ उनीहरुले फार्ममा बालीनालीको रेखदेखका लागि एक जना जेटिए नै राखेको थिए । नियमितरुपमा ६ जनालाई र आवश्यकता अनुसार ४०/५० जनालाई रोजगारी पनि दिएका थिए । फार्ममा स्थानीय विद्यालयका विद्यार्थीलाई पनि समावेस गराउने गरेका थिए । ‘हामीले व्यवसायिक रुपमा कृषि खेती गर्न शुरु गरिसकेका थियौं’, लामाले भने ‘विद्यालयदेखि नै कृषिको व्यवहारिक अभ्यास होस् भनेर विद्यालयसँगको सहकार्यमा त्यहाँ अध्ययनरत विद्यार्थीलाई खेतीपातीमा सहभागि गराउँदै पनि आएका थियौं । तर अहिले फार्म नै शून्य छ ।’ गाउँका युवाहरु विदेशिन गरेको र कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र हेलम्बु सुनसान हुन थालेपछि लाक्पा लगायतका युवा मिलेर सामूहिक रुपमा खेती गरी आन्तरिक पर्यटक भित्र्याउने अभियानका रुपमा कृषि शुरु गरिएको उनीहरुको भनाइ छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न अर्गानिक कृषिसँगै रिसोर्ट समेत सञ्चालनको तयारीमा रहेका उनीहरु हेलम्बु–मेलम्ची बाढी पछि के गर्ने के नगर्ने भन्ने दोधारमा छन् । ‘हामीले कृषिसँगै पर्यटकहरुलाई आकर्षित गर्न रिसोर्ट पनि सञ्चालन गर्न लागेका थियौं । संरचनाहरु पनि बन्दै थिए, तर अहिले त्यो योजना पूरा गर्न पाएका छौनौं’, लामाले भने ‘मुख्यतः यातायात सहज भइदिए हामी पुनः यो काम शुरु गर्ने थियौं ।’ सरकारले बाढीले बिगारेको सडक तत्काल बनाइदिए र भत्किएका पुलहरुको पुनर्निर्माण गरे करोडौं लगानी गरेको  आफूहरु जस्ता किसानलाई केहि राहत पुग्ने उनले बताए । स्थानीय सरकारले पनि केहि गर्छौ भनेर कृषि क्षेत्रमा लागेका आफूहरु जस्ता कृषकलाई महत्व नदिएको उनको गुनासो छ । ‘यत्रो विपद् पर्‍यो, हामीले गरेको यत्रो लगानी डुब्ने खतरामा छ । यति हुँदा पनि स्थानीय सरकारले भने केहि चासो दिएको छैन ।  केहि राहतको कार्यक्रम ल्याएको छैन’, उनले भने । स्थानीय सरकारले कृषि उत्पादनहरुको बजारीकरणमा सहयोग पुर्‍याउने र तत्काल सडक समस्या जस्ता कृषकको समस्याहरुलाई समाधान गर्ने हो भने हेलम्बु क्षेत्र कृषिकै माध्यमबाट विस्तारै लयमा फर्कने उनले बताए ।

म्याग्दीमा कृषि उत्पादनमा वृद्धि

मंसिर २४, म्याग्दी । विगत दुई वर्षअघिको तुलनामा अहिले म्याग्दीमा कृषि उपजको उत्पादन वृद्धि भएको छ ।  कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षअघिसम्म कुल खेतीयोग्य जमिनको ६२ प्रतिशत जमिनमा मात्र खेती गरिएकामा अहिले ८२ प्रतिशतमा खाद्यान्न, तरकारी र फलफूलखेती विस्तार गरिएको छ । विगतका वर्षहरूको तुलनामा यस वर्ष शतप्रतिशत खेतमा धान रोपाइँ भएको र पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको स्थानीय तहका कृषि शाखाहरूले जानकारी दिएका छन् । विगतका वर्षमा जिल्लामा ९६ प्रतिशत मात्र रोपाइँ हुने गर्दथ्यो ।  जिल्लाका विभिन्न स्थानमा जौँ जोन, मकै जोनजस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । सिँचाइ समस्याले धेरै जमिन बाँझो राख्नुपरेका किसानलाई राहत भएको छ । कृत्रिम जलाशय, लिफ्ट सिँचाइ, नहर, पक्की कुलोले गर्दा पानी सहज भएपछि खेती गर्न सजिलो भएको कृषक बताउँछन् । यता स्थानीय सरकारले पनि कृषिलाई प्रमुख प्राथामिकतामा राखेर काम गर्दै आएको जानकारी दिएका छन् । मंगला गाउँपालिकाले बाँझो जमिन नराख्ने नीति अगाडि सारेपछि अहिले गाउँपालिकाभित्र कतै पनि बाँझो जमिन नरहेको गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । जिल्लामा बाँझो जमिनको अवस्था घट्दो क्रममा रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । त्यसैगरी, जिल्लामा नगदे बालीलाई पनि प्राथमिकता दिइएको छ । यसअघि पानीको सुविधा नभएका स्थानमा नगदेबालीको खेती गर्न किसान आकर्षित भएका हुन् । जिल्लामा आलु, गोलभेँडा, काउली, बन्दालगायत तरकारी उब्जनी हुँदै आएको छ ।  स्थानीय सरकारले कृषिको पकेट क्षेत्रको पहिचान गरी अनुदानलगायत कार्यक्रम विस्तार गर्न कृषिमा लागेका युवाले माग गरेका छन् । पाँच वर्ष लामो दुबर्ईको बसाइलाई बिट मारेर गत चैतमा गाउँ फर्किएका मालिका गाउँपालिका–५ का भीमबहादुर रोकाले वर्षौँदेखि बाँझिएको १८ रोपनी पाखोबारीलाई जोतेर दुई हजारभन्दा बढी सुन्तला, कागती र केराका बिरुवा लगाएका छन् । ‘विदेशमा हामी जस्तो दुःख गर्न पनि तयार हुन्छौँ, तर स्वदेशमा भने जाँगर देखाउँदैनौँ’, रोकाले भने, ‘म विदेश नफर्कने निर्णय गरी गाउँमा नै बाँझिएको जग्गा जमिन जोतेर फलफूल र तरकारी खेतीतिर लागेको छु ।’ रोका मात्रै होइन, कोरोना महामारी शुरु भएपछिका १६ महीनामा दुई हजार ७०० भन्दा बढी युवा वैदेशिक रोजगारी छाडेर आफ्नै गाउँमा फर्किएका जिल्लाका विभिन्न स्थानीय तहहरूले संकलन गरेको तथ्यांकमा उल्लेख छ ।  यीमध्ये ८५ प्रतिशत युवा कृषि र पशुपालनमा जोडिइसकेका छन् भने बाँकी युवा स्वदेशमै रोजगारीका अन्य माध्यमको खोजी गरिरहेका छन् । रासस

दाङमा किसानलाई निःशुल्क जडीबुटीको बिरुवा र हुर्काउनेलाई प्रतिबिरुवा तीन रुपैयाँ

दाङ । डिभिजन वन कार्यालय दाङले किसानलाई निःशुल्क जडीबुटीको बिरुवा र त्यसलाई हुर्काउनेलाई प्रोत्साहनस्वरुप प्रतिबिरुवा तीन रुपैयाँ नगद अनुदान उपलब्ध गराउने कार्यक्रम अगाडि बढाएको छ । यो वर्ष किसानलाई राहत र प्रोत्साहन हुने गरी कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । दाङ सुगन्धकोकिला (मालगेडी), टिमुर, दालचिनी, कुरिलो, अमला, सर्पगन्धालगायत...

कर्णालीमा हिमपात, किसानलाई राहत

करिब दशकभन्दा पछाडि कर्णालीमा चैत लागिसक्दा पनि भारी हिमपात भएको छ । कर्णालीमा माघ दोस्रो सातादेखि तातो रिट्ने र हिमपात हुँदैन थियो । तर, जलवायु परिवर्तनकै कारण यो वर्ष भएको करिब १० औं पटकको हिमपात चैत महिनामा हुँदा कर्णालीका किसान खुसी अच्चमित पनि भएका छन् । प्रायः खडेरी पर्ने चैत महिनामा भारी हिमपात हुँदा किसान खुसी नहुने कुरा छैन । स्याउ किसान विष्णु अधिकारी भन्छन्, पहिला खडेरी पर्ने समयमा हिमपात हुनु निकै राम्रो, स्याउ किसानलाई ठूलो राहत भएको बताए । स्याउका बिरुवा काँटछाटका साथै, बिरुवा रोप्ने नयाँ बगैंचा व्यवस्थापन गर्ने त्रम चलिरहेको छ । अर्का किसान पदम बूढाले भने, जम्मै नयाँ बगैंचा पाखाबारीमा छन् ।