कोशी प्रदेशको सरकार गठनका विषयमा शीर्षनेताबीच छलफल

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।...

सम्बन्धित सामग्री

कोशी सरकार विस्तार छठपछि मात्रै

काठमाडौं, २५ कात्तिक । कोशी प्रदेश सरकार छठपछि मात्रै विस्तार हुने भएको छ । हिजो (शुक्रबार) मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र राईसँग सरकार विस्तार र बजेट प्रतिस्थापन विधेयक र समसामयिक विषयमा छलफल गरेका थियो । सो क्रममा सत्तारुढ तीन दलबीच छटपछि मात्रै सरकार […]

कांग्रेसभित्र लफडा : बालुवाटारले अझै टुङ्ग्याएन कोशीको मुख्यमन्त्री

अन्तिम विकल्पको सरकार गठन गर्ने समय घर्किंदै जाँदा विराटनगर मुकाम रहेको कोशी प्रदेशको नेतृत्व कसले गर्ने भन्ने विषयमा बालुवाटार र बालकोटमा केही दिनयता छलफल चलिरहेको छ ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। नेपाली कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल र राजेन्द्र लिङ्देनबीच कांग्रेको नेतृत्वमा कोशी प्रदेश गठनका विषयमा छलफल भएको छ। सरकारले वीर अस्पतालमा करारमा कार्यरत २७६ स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकेकाले बर्खास्त गरेको बताएको छ। स्थानीय तहका कर्मचारीहरुको आन्दोलन आज पनि माइतीघरमा जारी छ।

सरकार बनाउन कोशी प्रदेशका नेता बालुवाटारमा

कोशी प्रदेशमा सरकार बनाउने विषयमा छलफल गर्न प्रदेशसभा संसदीय दलका नेताहरू काठमाडौं आइपुगेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले प्रदेशसभा संसदीय दलका नेताहरूसँग छलफल गरे । यसअघि सभामुखको समर्थनमा बनेको गठबन्धनको सरकारलाई अदालतले खारेज गरिदिए गठबन्धनका नेताहरू फेरि आफ्नै पक्षमा बहुमत पुर्‍याएर सरकार बनाउने कसरतमा जुटेका छन् ।

समसामयिक राजनीतिक विषयमा शीर्ष नेताबीच छलफल

काठमाडौँ- सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा कोशी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा शीर्ष नेताहरूबीच अनौपचारिक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्...

तीन दलको शीर्ष नेताहरूको बैठकमा कोशी सरकार गठनको विषय पनि प्रवेश (भिडिओ)

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको तीन दलको शीर्ष तहको बैठकमा कोशीमा नयाँ सरकार गठनको विषयले पनि प्रवेश पाएको छ। कानूनमन्त्री धनराज गुरुङको अनुसार बैठकमा कोशीमा नयाँ सरकार गठनको विषयमा छलफल भएको बताए। उनले बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीको क्रममा भने, ‘कोशी सरकार गठनको विषयमा पनि केही कुरा उठ्यो। तर, त्यसको ठोस परिणाममा हामी पुगेनौँ।’ बैठकमा प्रधानमन्त्री […]

सर्वदलीय सरकारका लागि तयार छौं, तर पहिलो पालो हामीले पाउनुपर्छ : हिक्मत कार्की

१७ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय सरकारका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । आइतबार अनलाइनखबरसँग कुरा गर्दै उनले सर्वदलीय सरकार बनाउँदा पहिले ठूलो दलको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्न पाउनुपर्ने धारणा राखे । ‘सर्वदलीय सरकारका विषयमा उहाँहरु (नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धन) को (धारणा) के छ मैले बुझ्न पाएको […]

कोशीमा माओवादीको सत्ता बार्गेनिङ : सरकार नछोडी मुख्यमन्त्रीमा दाबी

२२ जेठ, विराटनगर । कोशी प्रदेशमा आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ । नेताहरुका अनुसार, प्रदेश सरकार छोड्नेबारे प्रदेशसभा संसदीय दलमा छलफल भएपनि नयाँ बन्ने सरकारको नेतृत्व आफै गर्न पहल लिने निर्णय भएको हो । ‘समर्थन फिर्ता लिने/नलिने विषयमा भोलि पार्टीका नेताहरुसँग छलफल गर्ने निर्णय भयो’ प्रदेशसभा सदस्य गणेश […]

कोशी प्रदेश सरकार : संघीय सरकारसँग ३ अर्ब ४८ करोड बजेट माग्ने

विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले संघबाट हस्तान्तरण भएर आएका पूर्वाधार विकाससँग सम्बन्धित आयोजनाका लागि संघीय सरकारसँग ३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ माग गर्ने निर्णय गरेको छ । संघबाट हस्तान्तरण भएर आएका पूर्वाधार विकाससँग सम्बन्धित आयोजनाका लागि ३ अर्ब ४८ करोड ३६ लाख ५० हजार रुपैयाँ अपुग थियो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकारलाई सहयोग गर्नेगरी विभिन्न समिति गठन गरेको छ, जसमा सिँचाइमन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा राजनीतिक तथा प्रशासन समिति छ । उक्त समितिका सदस्यहरूमा पूर्वाधार विकासमन्त्री दुर्गा चापागाईं, कृषिमन्त्री भक्ति सिटौला र स्वास्थ्यमन्त्री निर्मला लिम्बू सदस्य छन् । यसैगरी सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा पर्यटनमन्त्री जीवन आचार्य, स्वास्थ्यमन्त्री निर्मला लिम्बू र कृषिमन्त्री भक्ति सिटौला सदस्य रहनेगरी कानून, न्याय तथा प्रदेश मामिला समिति समेत गठन भएको छ । भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंको संयोजकत्वमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी, कृषिमन्त्री भक्ति सिटौला र स्वास्थ्यमन्त्री निर्मला लिम्बू सदस्य रहेको आर्थिक सामाजिक तथा पूर्वाधार समिति पनि गठन भएको सरकारका प्रवक्ता सिटौलाले जानकारी दिए । यता, प्रदेश सरकारले कोशी नाम खारेजीको माग गर्दै भइरहेको आन्दोलनको विषयमा भने कुनै निर्णय गरेको छैन । यद्यपि सो आन्दोलनलाई नजिकबाट हेर्नेगरी राजनीतिक तथा प्रशासनिक समितिले काम गर्ने मन्त्री सिटौलाले जानकारी दिए । ‘यसमा औपचारिक रूपमा कुनै छलफल भएन,’ उनले भने ।