कोशी प्रदेश सरकार : संघीय सरकारसँग ३ अर्ब ४८ करोड बजेट माग्ने

विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले संघबाट हस्तान्तरण भएर आएका पूर्वाधार विकाससँग सम्बन्धित आयोजनाका लागि संघीय सरकारसँग ३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ माग गर्ने निर्णय गरेको छ । संघबाट हस्तान्तरण भएर आएका पूर्वाधार विकाससँग सम्बन्धित आयोजनाका लागि ३ अर्ब ४८ करोड ३६ लाख ५० हजार रुपैयाँ अपुग थियो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकारलाई सहयोग गर्नेगरी विभिन्न समिति गठन गरेको छ, जसमा सिँचाइमन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा राजनीतिक तथा प्रशासन समिति छ । उक्त समितिका सदस्यहरूमा पूर्वाधार विकासमन्त्री दुर्गा चापागाईं, कृषिमन्त्री भक्ति सिटौला र स्वास्थ्यमन्त्री निर्मला लिम्बू सदस्य छन् । यसैगरी सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा पर्यटनमन्त्री जीवन आचार्य, स्वास्थ्यमन्त्री निर्मला लिम्बू र कृषिमन्त्री भक्ति सिटौला सदस्य रहनेगरी कानून, न्याय तथा प्रदेश मामिला समिति समेत गठन भएको छ । भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंको संयोजकत्वमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी, कृषिमन्त्री भक्ति सिटौला र स्वास्थ्यमन्त्री निर्मला लिम्बू सदस्य रहेको आर्थिक सामाजिक तथा पूर्वाधार समिति पनि गठन भएको सरकारका प्रवक्ता सिटौलाले जानकारी दिए । यता, प्रदेश सरकारले कोशी नाम खारेजीको माग गर्दै भइरहेको आन्दोलनको विषयमा भने कुनै निर्णय गरेको छैन । यद्यपि सो आन्दोलनलाई नजिकबाट हेर्नेगरी राजनीतिक तथा प्रशासनिक समितिले काम गर्ने मन्त्री सिटौलाले जानकारी दिए । ‘यसमा औपचारिक रूपमा कुनै छलफल भएन,’ उनले भने ।

सम्बन्धित सामग्री

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्न नमिल्नेमा

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आइतवार हुने भनिएको सुनुवाई हेर्न नमिल्नेमा परेको छ।

कोशी प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ : कोशी प्रदेश सरकार मन्त्रिपरिषद्ले वराहपोखरी गाउँपालिकाको नाम परिर्वतन गर्न संघ सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ। सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री समशेर राईले जानकारी दिए।उनले वराह पोखरी नामलाई संशोधन गरि बाराहापोखरी गाउँपालिका राख्न लागि आवश्यक प्रक्रिया पूरा गरेर गाउँपालिकाबाट आएको हुनाले सोहीअनुसार संघ सरकारलाई संशोधन प्रस्ताव सिफारिश गर्ने निर्णय

कोशी : प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता हुने

विराटनगर : कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता हुने भएको छ।गत वर्ष फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामकरण हुनुपर्ने मागसहित सडक आन्दोलनमा उत्रिएका पहिचान पक्षधर वार्तामा बस्ने भएका हुन्।पुनःनामकरण संघर्ष समितिको आज (बुधवार) बसेको बैठकले वार्तामा आउने निर्णय भएको संघर्ष समितिका संयोजक  डकेन्द्रसिंह थेगिमले जानकारी दिए।  थेगिमका अनुसार वार्ता भोलि (बिहीवार) हुने भएको छ।‘भर्खर हामीले बैठक सम्पन्न गरेका छौँ, सरकारले वार्ताको लागि आह्वान गरेक

कोशी प्रदेश सरकार गठन विरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाडाैं । कोशी प्रदेश सरकार गठन विरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । सर्वोच्च अदातलका न्यायाधीशद्धय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा आजबाट निरन्तर सुनुवाइको लागि पेशी तोकीए पनि हेर्न नमिल्नेमा परेको हो । गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउन ७ गतेबाट निरन्तर सुनुवाइ गर्ने आदेश गर्दै मुद्दा को अन्तिम […]

कोशी प्रदेश सरकारमा नियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं,२४ असार । उद्धव थापा नेतृत्को कोशी प्रदेश सरकार विस्तार भएको छ । आज थप तीनमन्त्री नियुक्त गरेका हुन् । आज मन्त्री बन्नेहरुमा नेकपा माओवादी केन्द्रबाट जीवन आर्चाय र राजेन्द्र कार्की रहेका छन् भने । नेपाली कांग्रेसबाट रामकुमार खत्री मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाँईसमेत रहेका आर्चाय आर्थिक मामिलामन्त्री नियुक्त भएका […]

कोशी प्रदेश : खेलकुद बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त

विराटनगर : कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई पदबाट बर्खास्त गरिएको छ। बुधबार बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयले वाग्लेलाई पदबाट बर्खास्त गरिएको हो।सामाजिक विकास मन्त्रालयसँग आवश्यक समन्वय नगरी काम गरेको र त्यस विषयमा ‘तपाईंलाई पदबाट किन नहटाउने ?’ भनी दुईपटक स्पष्टीकरण माग्दा पनि चित्तबुझ्दो स्पष्टीकरण नदिएकाले पदबाट बर्खास्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्

कोशी प्रदेश सरकार परिवर्तन गर्न काठमाडौँमा दौडधुप

काठमाडौँ ।  कोशी प्रदेश सरकार परिवर्तन गर्ने तयारीमा रहेको नेकपा माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षलाई बागबजारको एक होटलमा आइतबार साँझ भेट गरेका छन् । प्रदेश सरकार परिवर्तन गर्न दल बल सहित काठमाडौँ आएका नेकपा माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङवो र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबीच झन्डै एक घण्टा सो होटलमा […]

कोशी प्रदेश सरकार गठनका लागि दाबी गर्ने गठबन्धनको तयारी

कोशी प्रदेश सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई दिनुभएको समय आज सकिँदैछ ।