काठमाडौं : कोरोनाविरुद्ध खोपको हराएको २४ लाख मात्राको अनुसन्धानका लागि गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। ५ सदस्यीय समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई आफ्नो छानबिन प्रतिवेदन बुझाएको हो।संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले २४ लाख मात्रा खोपको कुनै अभिलेख नपाइएको बताएका थिए। समितिमा उनले यस्तो बताएपछि सरकारले खोप छानबिन समिति गठन गरेको थियो। स्वास्थ्यमन्त्री खतिवडाका प्रेस संयो