काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेश गरेको छ।शुक्रबार बसेको संसद्को दोस्रो बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले समितिका ज्येष्ठ सदस्य (सभापति) लक्ष्मणलाल कर्णलाई प्रतिवेदन पेश गर्न समय दिएका थिए। सभामुखबाट समय प्राप्त भएसँगै सभापति कर्णले प्रतिवेदन सभासमक्ष पेश गरेका हुन्।प्रतिवेदनमा सभापति कर्णले बाहिर हल्ला फिजाइए जस्तो बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको कुरा पुष्टि नभएको कुरा बताएका