संयुक्त राष्ट्र संघका अनुसार युक्रेनमाथि रुसी आक्रमण सुरु भएयता हालसम्म मारिने वा घाइते हुने नागरिकको संख्या १० हजार पुगेको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकारको उच्च आयोग (ओएचसीएचआर) ले दैनिक सार्वजनिक गर्ने अपडेटमा जुन १६ को मध्य रातसम्म ४५०९ मानिस मारिएको र ५५८५ घाइते भएको उल्लेख गरेको छ । ओएचसीएचआरका अनुसार मर्नेमा २९४ बालबालिका छन् । ‘अधिकांश नागरिक हताहती ठूलो क्षेत्रलाई प्रभाव पार्ने विष्फोटक पदार्थको कारण मरेका छन् । यस्ता हतियारमा भारतीय हातहतियार, मिसाइल तथा हवाई आक्र