युक्रेन संकट : राष्ट्रसंघ महासभाको विशेष सत्र बुधबार

संयुक्त राष्ट्रसंघ : युक्रेनमा रूसले गरेको आक्रमणको विषयमा सुरक्षापरिषद्ले १९३ सदस्यीय राष्ट्रसंघको महासभाको ‘आपत्‌कालीन विशेष सत्र’ बोलाएको छ। बुधबार यसबारे विशेष छलफल हुनेछ।यसअघिको बैठकमा रूसले युक्रेनमाथिको आक्रमणको प्रस्तावलाई रोक्न भिटो प्रयोग गरेको थियो।युक्रेनको वर्तमान अवस्था र सुरक्षा परिषद्कको घटनाक्रमका कारण महासभाको ७६ औँ सत्रका अध्यक्ष अब्दुल्ला साहिदले राष्ट्रसङ्घका लागि युक्रेनका स्थायी प्रतिनिधि राजदूत सर्गेई किसलित्सियासँग पनि भेट गरेका छन्।युक्रेन संकटमा व