नेपाल बार एशोसियसन अध्यक्ष चण्डेश्वर श्रेष्ठले काठमाडौं उपत्यकाका अदालतमा २ घण्टाको धर्ना कार्यक्रम निरन्तर कायम रहने बताएका छन् ।
उनका अनुसार आइतवार र सोमवारसम्म धर्ना कार्यक्रम निरन्तर रहने बताएका हुन् ।
सोमवार बैठक बसेर थप निर्णय गरिने उनको भनाइ छ । श्रेष्ठका अनुसार जिल्ला र उच्च अदालतको हकमा त्यहाँको बारले आफूअनुकूल विरोधका कार्यक्रम गर्नेछन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै देशभरका वकिलहरू निरन्तर आन्दोलनमा छन् ।