काठमाडौं, १७ मंसिर । नेपाल बारको आन्दोलन लगभग तुहिएको छ । हड्ताली न्यायाधीशहरु र बारको आन्दोलनका अगुवाई गरेका अधिवक्ताहरु नै ईजलाशमा फर्किएका छन् । र, बहस तथा पैरवीमा फर्किएका छन् । अहिले बारको आन्दोलनमा नगन्य मात्रामा अधिवक्ताहरुको उपस्थिति देखिन थालेको छ। बारको आन्दोलनको उद्देश्य नै गलत थाहा पाएपछि अधिवक्ताहरु बारको आन्दोलनमा जान छोडेका छन् । […]