रोयल्स च्यालेन्जर्स बैंगलोरसँग १८ रनले पराजित भएको खेलमा ‘कोड अफ कन्डक्ट’ को उल्लंघन गरेका कारण लखनउ सुपर जायन्टसका कप्तान केएल राहुल र अलराउन्डर मार्कस स्टोइनिसलाई जरिवाना गरिएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२२ क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार बैंगलोरविरुद्धको खेल क्रममा प्रतियोगिता नियमविपरीत गएको दोषी भएपछि दुबैलाई जरिवाना लागेको हो । राहुलले ‘कोड अफ कन्डक्ट’को ‘लेवन वान’अन्तर्गतको नियम उल्लंघन गरेको जनाइएको छ । जसका कारण उनलाई २०