सुनिल शेट्टीकी छोरीसँग विवाह गर्दै केएल राहुल

बलिउड अभिनेत्री अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलबीचको प्रेम सम्बन्ध लामो समयदेखि चर्चामा छ । बेलाबेला उनीहरुको विवाहको समाचार पनि आइरहन्छ ।भारतीय न्युज एजेन्सी एएनआईको रिपोर्ट अनुसार बीबीसीआई स्रोतले दुई जनाले आगामी जनवरीमा विवाह गर्न लागेको जानकारी दिएका छन् । स्रोतका अनुसार केएल राहुलले बीसीसीआईलाई आफूले आगामी वर्ष विवाह गर्न लागेको जानकारी गराएका छन् । टी–२० विश्वकप र न्युजिल्याण्डको भ्रमणपछि दुईजनाले महाराष्ट्रमा विवाह गर्ने उनको भनाई छ । यो कुरा अथियाको परिवारले पनि बताएका छन

सम्बन्धित सामग्री

केएल राहुल–आथियाको विवाह आज

बलिउड अभिनेत्री आथिया शेट्टीले क्रिकेटर केएल राहुलसँग आज अर्थात २३ जनवरीमा विवाह गर्दैछिन् । दुवै विगत ३ वर्षदेखि एकअर्कालाई डेट गर्दै आएका छन् र केही महिनादेखि डेटिङ र छुट्टीका कारण चर्चामा छन् ।

भारतीय अभिनेत्री अथियाले प्रेमी केएलसँग विवाह गर्दै

एजेन्सी । भारतीय अभिनेता शुनील शेट्टीकी छोरी अभिनेत्री अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल २३ जनवरीमा विवाह बन्धन बाधिँदै छन् । भारतीय सञ्चार माध्यमका अनुसार दुबैको विवाहको उत्सव ३ दिनसम्म चल्ने जनाइएको छ। तर, परिवारका सदस्यले भने यसबारे कुनैपनि आधिकारिक घोषणा गरेका छैनन् । दुबैको विवाहका लागि स्थान आफ्नै घर खण्डाला बंगलामा तय गरिएको […]

आथिया शेट्टी र केएल राहुल डिसेम्बरमा विवाह गर्दै

एजेन्सी । बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल विवाह बन्धनमा बाँधिदैने भएका छन् ।

कोसँग विवाह गर्दैछिन् सुनील शेट्टीकी छोरी आथिया

एजेन्सी, २८ असार । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान केएल राहुल र बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी आथिया शेट्टी अक्सर आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहन्छन् । अब राहुल र आथियाले तीन महिनापछि विवाह गर्ने खबर आएको छ । दुबैको परिवारले बिहेको तयारी पनि सुरु गरेको बताइएको छ । स्रोतका अनुसार आथिया र राहुल ३ महिनापछि विवाह […]

आथिया र केएल राहुलको विवाहबारे बोले पिता सुनिल

बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेट टोलीका उपकप्तान केएल राहुलको विवाहको खबरमा उनका पिता सुनील शेट्टीले आफ्नो प्रतिक्रिया दिएका छन् । सुनिलले आफ्नो छोरीको बिहे एक दिन अवश्य हुने र आफूलाई केएल राहुल मनपर्ने बताएका हुन् ।उनले थपे, ‘आथिया मेरी छोरी हुन् र उनको एक दिन अवश्य विवाह हुनेछ । म चाहन्छु कि मेरो छोराको पनि बिहे चाँडो होस् । यो उनीहरूको रोजाइ हो। जहाँसम्म केएल राहुलको सवाल छ, मलाई उनी मनपर्छ। तिनीहरूले के गर्न चाहन्छन् भनेर उनीहरुले नै निर्णय गर्ने हो, किनभने समय परिवर्तन भए