एजेन्सी, २८ असार । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान केएल राहुल र बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी आथिया शेट्टी अक्सर आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहन्छन् । अब राहुल र आथियाले तीन महिनापछि विवाह गर्ने खबर आएको छ । दुबैको परिवारले बिहेको तयारी पनि सुरु गरेको बताइएको छ । स्रोतका अनुसार आथिया र राहुल ३ महिनापछि विवाह […]
बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेट टोलीका उपकप्तान केएल राहुलको विवाहको खबरमा उनका पिता सुनील शेट्टीले आफ्नो प्रतिक्रिया दिएका छन् । सुनिलले आफ्नो छोरीको बिहे एक दिन अवश्य हुने र आफूलाई केएल राहुल मनपर्ने बताएका हुन् ।उनले थपे, ‘आथिया मेरी छोरी हुन् र उनको एक दिन अवश्य विवाह हुनेछ । म चाहन्छु कि मेरो छोराको पनि बिहे चाँडो होस् । यो उनीहरूको रोजाइ हो। जहाँसम्म केएल राहुलको सवाल छ, मलाई उनी मनपर्छ। तिनीहरूले के गर्न चाहन्छन् भनेर उनीहरुले नै निर्णय गर्ने हो, किनभने समय परिवर्तन भए