आधिकारिकता दाबी गर्न जसपाको उपेन्द्र पक्ष निर्वाचन आयोग जाने

जनता समाजवादी पार्टीको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।‘पार्टीको आधिकारिकता निर्वाचन आयोगमा जाने निर्णय भएको छ,’ अध्यक्ष डा. भट्टराईले भने । उनका अनुसार लुम्बिनीका ४ सांसदलाई कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ […]