काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने कुनै तयारी नभएको स्पष्टीकरण दिएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन्। ‘यसमा कही कतै पनि शंका उब्जिने ठाउँ नदिन सरकारको सम्पूर्ण कोशिश हुन्छ। जिल्ला निर्वाचन आयोग खारेज गर्ने मनसाय छैन। जिल्ला निर्वाचन कार्यालयहरू जसरी रहेका छन् त्यसरी नै रहनेछन्। त्यसको स्वतन्त्र अस्तित्वका लागि सरकारले के गर्नुपर्यो ? सरकार तयार छ। यो खारेज हुँ