उत्तर कोरिया क्षेप्यास्त्र परीक्षणः सन् २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण
बीबीसी । उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको ठानिएको छ।
स्थानीय समाचारअनुसार आइतवार बिहान ७ः५२ बजे उत्तर कोरियाको पूर्वी तटबाट उक्त क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ।
काठमाडौं- उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणको संकेत दिएपछि वार्ताका लागि उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत सोमबार दक्षिण कोरियाको राजधानी सोल पुगेका छन् । उत्तर कोरिया नीतिको विषयमा छलफल गर्न अमेरिकी विशेष प्रतिनिधि सुङ किम सोल पुगेको जनाइएको छ । उत्तर कोरियाले यसवर्ष एक दर्जनभन्दा बढी क्षेप्यास्त्र परीक्षणहरु गरेको छ । […]
उत्तर कोरिया । उत्तर कोरियाले शनिवार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस)ले आइतबार जनाएको छ। उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिवार स्थानीय समय अनुसार करिब १८ः०० बजे (०९ः०० जिएमटी) परीक्षण फायरिङ गरिएको थियो। दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको […]
काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा
एजेन्सी, २ कार्तिक। उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण मंगलवार गरेको हो। सिन्पो भन्ने ठाउँ नजिकबाट पूर्वी सागरसम्म उक्त क्षेप्यास्त्र उडेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरिया उक्त विषयमा कुनै जानकारी दिएको छैन । सिन्पोमा उत्तरले ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्न सक्ने नयाँ पनडुब्बी बनाइरहेको जनाइएको छ । […]
उत्तर कोरियाका सशस्त्र फौजहरूले रेलबाट क्षेप्यास्त्र प्रक्षेपण गर्न सफलता हासिल गरेका छन् ।
उक्त क्षेप्यास्त्र ८०० किलोमिटर पर पुगेर देशको पूर्वी तटमा रहेको तारोमा ठोकिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएको छ ।
‘रेलबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र प्रणालीले जोखिम तेर्स्याउने बलहरूलाई कठोर प्रहार गर्न सक्छन्,’ मार्शल पाक जोङ चोनले बताए । उनी उत्तर कोरियाको वर्कर्स पार्टीको पोलिटब्युरो सदस्य हुन् ।
बुधवार गरिएको क्षेप्यास्त्र प्रक्षेपणको निगरानी उनैले गरेका थिए ।
रेलको डब्बाबाट प्रोजेक्टाइल उडे...
जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अमेरिकाका राष्ट्रपति जो बाइडनबीच वाशिङटनमा यसै साता हुन लागेको शिखरवार्ताको छेको पारेर उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्ने आशंका गरिएको छ । उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती बिहीवार परेको छ र त्यस अवसरमा उत्तरले क्षेप्यास्त्र परीक्षण गर्ने वा नयाँ हतियार सार्वजनिक गर्न...
दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले भनेका छन्, उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशमा रहेका क्षेप्यास्त्र परीक्षण तथा प्रक्षेपण गर्ने केन्द्र बन्द गर्न सहमत भएका छन्।
उत्तर कोरियाले एक भू–उपग्रह प्रक्षेपणको तयारीमा जुटेको छ । यद्यपि पर्यवेक्षकहरुले परमाणु सम्पन्न उत्तर कोरिया अन्तरिक्ष कार्यक्रमको आडमा परमाणु परिक्षण गर्न लागेको चेतावनी दिएका छन् । उत्तर कोरियामाथि परमाणु तथा क्षेप्यास्त्र परिक्षणको बिरुद्धमा संयुक्त राष्ट्र संघले कैयौ प्रतिबन्ध लगाउदै आएको छ । उत्तर कोरियामा उपग्रह लगायत ब्यालेस्टिक क्षेप्यास्त्रमा आधारित कुनै पनि प्रक्षेपण गर्न रोक लगाइदै आएको छ ।